२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटमा सञ्जुः हैदरावादविरुद्ध राजस्थानको टोली समस्यामा पर्न सक्ने



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को दोस्रो क्वालिफायर खेल सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच हुँदैछ । राजस्थानका कप्तान सञ्जु सामसनले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गरेका छन् ।

तर दोस्रो क्वालिफायरमा राजस्थानको समस्या बढ्न सक्छ । टोलीका कप्तान सञ्जु पूर्णतया फिट छैनन् । रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको एलिमिनेटर खेलपछि उनले आफू पूर्णतया फिट नभएको बताए । उनको स्वास्थ्य राम्रो छैन ।

एलिमिनेटर खेलमा सञ्जुले खास केही गर्न सकेनन् । उनी १३ बलमा १७ रन बनाएर आउट भए । यद्यपि यो खेल राजस्थानले जितेको थियो । तर अहिले राजस्थानका लागि नराम्रो खबर भनेको सञ्जु पूर्णतया फिट नभएको हो ।

दोस्रो क्वालिफायरमा उनको समस्या बढ्यो भने टिमलाई घाटा हुन सक्छ । सामसनले भने कि उनलाई हल्का खोकी पनि लागेको थियो । राजस्थानको टोली दोस्रो क्वालिफायरका लागि हैदरावादसँग मैदान उत्रनेछ ।

हैदरावादविरुद्धको जित राजस्थानका लागि सहज हुनेछैन । लिगको अन्तिम खेलमा टोलीले हार बेहोरेको थियो । हैदरावादका खेलाडी अभिषेक शर्माले यो सिजन सानदार ब्याटिङ गरेका छन् । दोस्रो क्वालिफायरमा राजस्थानको समस्या बढ्न सक्छ । हैदराबादका लागि ट्राभिस हेडले पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । उनीहरुले राजस्थानमा तनाव बढाउन सक्छन् ।

आईपीएल २०२४ को पहिलो क्वालिफायर सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्सबीच भएको थियो । यस खेलमा हैदरावाद ८ विकेटले पराजित भएको थियो । केकेआर जितेर फाइनलमा प्रवेश गरेको छ । अब हैदरावादको टोलीले दोस्रो क्वालिफायर राजस्थानको सामना गर्नेछ । यो खेल जित्ने टोलीले फाइनलमा केकेआरसँग खेल्नेछ ।