११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्मिक तथा जातीय सहिष्णुता र शान्तिका लागि काठमाडौंमा नागरिक समाजको ‘सद्भाव र्‍याली’



अ+ अ-

काठमाडौँ। मुलुकमा जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले काठमाडौंमा ‘सद्भाव र्याली’ आयोजना गरिएको छ ।

वृहत नागरिक आन्दोलनको अगुवाइमा शान्ति, सद्भाव र न्यायका लागि यो र्याली निकालिएको हो । पछिल्लो समय तराईका विभिन्न जिल्लामा देखिएको जातीय तथा धार्मिक तनावलाई न्युनिकरण गर्दै सामाजिक एकता कायम गर्न नागरिक समाजले यो पहल गरेको हो ।

गत साउन १० गते सुनसरीको कप्तागञ्जमा दुई समुदायबीच भएको झडपमा दुई जनाको मृत्यु भएको थियो भने सिरहामा उत्पन्न धार्मिक विवादका क्रममा प्रहरीको गोली लागि एक जनाको ज्यान गएको थियो ।

यी हिंसात्मक घटनाहरूका कारण तराईका केही जिल्लाहरूमा अझै पनि स्थिति तनावपूर्ण रहेको छ भने स्थानीय प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरेको छ ।

समाजमा द्वेष फैलिन नदिन र आपसी भाइचारा सुदृढ बनाउन नागरिक आन्दोलनले काठमाडौंमा ऐक्यवद्धता प्रदर्शन गरेको हो ।–न्युज एजेन्सी नेपाल