११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

झैझगडामा संलग्न एक जना पक्राउ



अ+ अ-

पर्सा। प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका-२  ईदगाहा चोकस्थित भित्री सडकखण्डमा बस्ने १८ वर्षीय समीर अन्सारीले विगतको व्यक्तिगत विवादको विषयमा झैझगडा गरेका भन्दै प्रहरीले निजलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्ज महानगरपालिका-१६ इनरुवागाउँ बस्ने १८ वर्षका रञ्जित यादवलाई हातपात गरी निज यादवको ओठ तथा नाकमा चोट लागि घाइते बनाएकाले अन्सारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको हो । यादवको प्रभु अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, उक्त घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई सूक्ष्म अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सामाजिक सद्भाव बिथोल्ने किसिमका समाचार सम्प्रेषण भइरहेकाबारे गम्भीर ध्यानाकर्षण भएको पनि प्रहरीले जनाएको छ ।

उक्त घटनाका सम्बन्धमा सत्यतथ्य पत्ता लगाइ घटनामा संलग्न व्यक्तिलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइसकिएको जनाउँदै प्रहरी नायब उपरीक्षक मल्लाले धार्मिक सद्भाव कायम राखी सही समाचार सम्प्रेषण गर्न र धार्मिक सद्भाव कायम राख्नेतर्फ आवश्यक सहयोग पुर्‍याउन हुन सबै सञ्चारकर्मीहरू तथा समुदायहरूमा आग्रह गर्नुभयो । रासस