११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जातीय र धार्मिक सहिष्णुताका लागि काठमाडौंमा सद्भाव र्‍याली



अ+ अ-

काठमाडौँ। मुलुकमा जातीय तथा धार्मिक सहिष्णुता र शान्ति कायम गर्ने उद्देश्यका साथ नेपाली काँग्रेसका भ्रातृ संस्थाहरूले राजधानीमा सद्भाव र्याली  आयोजना गरेका छन् ।

तराईका विभिन्न जिल्लाहरूमा हालै उत्पन्न धार्मिक तथा जातीय तनावका बीच सामाजिक सद्भावको सन्देश प्रवाह गर्न यो र्याली निकालिएको हो ।

गत साउन १० गते सुनसरीको कप्तागञ्जमा दुई समुदायबीच भएको झडपमा परी दुई जनाको मृत्यु भएको थियो । त्यसैगरी सिरहामा उत्पन्न धार्मिक द्वन्द्वलाई नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर थप एक जनाको निधन भएपछि तराईका जिल्लाहरूमा सुरक्षा स्थिति तनावपूर्ण बनेको छ ।

उक्त घटनाहरूपश्चात तराईका केही क्षेत्रहरूमा अझै पनि निषेधाज्ञा जारी रहेको र सामाजिक वातावरण असहज बनेको पृष्ठभूमिमा काँग्रेसका भ्रातृ संस्थाहरूले काठमाडौंमा प्रदर्शन गर्दै शान्ति र सद्भावका लागि अपिल गरेका हुन् ।

र्यालीमा सहभागीहरूले समाजमा विद्यमान सबै धर्म र जातिबीच आपसी मेलमिलाप र भ्रातृत्व कायम हुनुपर्नेमा जोड दिएका छन् । –न्युज एजेन्सी नेपाल