• १० असार २०८१, सोमबार
  •      Mon Jun 24 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड ★   अपाङ्गताले छेकेन पार्वतीको उद्यमी बन्ने रहर ★   अयोध्यामा राम मन्दिर बनाउन नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्छ: वामदेव गौतम ★   भारत र अष्ट्रेलियाको खेलअघि सेन्ट लुसियामा भीषण वर्षा ★   नेपालको अलैंचीलाई विश्व बजारमा निर्यात गर्न कुटनीतिक पहल गर्नुपर्छ: सभामुख घिमिरे ★   नेपाली अलैंची विश्व बजारमा निर्यात गर्न सरकारले पहल गरिरहेको छ: कृषिमन्त्री साह ★   ‘मुन्ज्या’ले १०० करोड कमायो ★   देशलाई राम्रो प्रधानमन्त्री चाहिएको छ तर प्रधानमन्त्री राम्रो जादुगर बन्न लाग्नुभयो: रमेश लेखक ★   हनुमान चालिसा कहिले र कसले लेखे ? ★   काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक छ: महामन्त्री थापा

महिला एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा



काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि आज २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ ।

एसियाली क्रिकेट काउन्सिल (एसिसी) का आयोजनामा हुने महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा नेपाली टोली रहेको छ । प्रतियोगिता आगामी जुलाई १९ देखि २८ तारिखसम्म श्रीलङ्कामा हुँदै छ ।

छनोट हुने अन्य नेपाली सदस्यमा सबनम राई, रुबिना क्षेत्री, सीता राना मगर, खुसी डङ्गोल, विन्दु रावल, कविता कुँवर, रुबी पोदार, लक्ष्मी साउद, यशोदा विष्ट, कीर्तिका मरासिनी, सोनी पाख्रिन, राजमती ऐरी, हेलिशा गुरुङ र सम्झना खड्का छन् ।

यस्तै, अलिशा खाडिया, कविता जोशी, अप्सरी बेगम, काजोल श्रेष्ठ, सङ्गीता राई, आरती महतो, रोमा थापा, सावित्री धामी, ममता चौधरी, करुणा भण्डारी, पूजा महतो, अस्मिना कर्माचार्य र डोली भट्ट छन् । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स तथा ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् ।