५ पुष २०८२, शनिबार
,
Latest
प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ फागुन २१ मा निर्वाचन हुनैपर्छ : नेता कोइराला ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियन’ शाह नगदसहित सम्मानित जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित नोबेल पुरस्कार विजेताको प्रमुख आतिथ्यतामा त्रिविको दीक्षान्त हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप २०२४ मा तेस्रो ह्याट्रिक, जोर्डन एकै ओभरमा चार विकेट लिने दोस्रो बलर



अ+ अ-

एजेन्सी । साविक विजेता इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस टोली एकतर्फी खेलमा अमेरिकालाई १० विकेटले पराजित गर्दै शीर्ष ४ मा पुगेको हो ।

जारी विश्वकपमा सेमिफाइनलमा स्थान बनाउने इंग्ल्यान्ड पहिलो टोली बनेको छ । ब्रिजटाउनमा इंग्ल्यान्डले सेमिफाइनलमा पुग्न १८.४ ओभरमा ११६ रनको लक्ष्य पछ्याउनुपर्ने भएपनि डिफेन्डिङ च्याम्पियनले कुनै विकेट नगुमाई ९.४ ओभरमा नै जित हात पारेको थियो ।

खेलमा इंग्ल्यान्डका बलर क्रिस जोर्डनले ह्याट्रिक गरेका थिए । यो जारी विश्वकपको तेस्रो ह्याट्रिक हो । यसअघि सन् २०२१ को टी–२० विश्वकपमा तीन ह्याट्रिक भएको थियो । जोर्डनले १९ औं ओभरको ५ बलमा ४ विकेट लिए ।

यसअघि प्याट कमिन्सले बंगलादेश र अफगानिस्तानविरुद्ध ह्याट्रिक गरेका थिए । जोर्डन जारी टी–२० विश्वकपमा ह्याट्रिक गर्ने दोस्रो बलर बनेका छन् ।

यस्तै, उनी टी–२० विश्वकपको एक ओभरमा ४ विकेट लिने दोस्रो बलर बनेका छन् । उनले आयरल्यान्डका कर्टिस क्याम्फरको ४ विकेटको कीर्तिमानलाई पछि पारेका छन् । उनले २०२१ को विश्वकपमा एक ओभरमा ४ विकेट लिएका थिए ।