८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

बटलरले १०४ मिटर लामो छक्का हान्दै सोलार प्यानलनै फुटाएपछि…

बटलरले १०४ मिटर लामो छक्का हान्दै सोलार प्यानलनै फुटाएपछि…
अ+ अ-

एजेन्सी । टी–२० विश्वकप अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले अमेरिकालाई हराएको छ । जोस बटलरको कप्तानीमा रहेको इंग्ल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गरेको हो । यो जितसँगै इंग्ल्यान्ड सेमिफाइनल पुग्ने पहिलो टोली बनेको छ ।

पहिले ब्याटिङ गरेको अमेरिकाले १८.५ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको थियो । जसको जवाफमा इंग्ल्यान्डले ९.४ ओभरमा लक्ष्य पुरा गर्यो । इंग्ल्याण्डका लागि जोस बटलरले ३८ बलमा ८३ रनको विष्फोटक इनिङ्स खेले । उनले आफ्नो पारीमा ६ चौका र ७ छक्का प्रहार गरे । यसबाहेक फिल साल्ट २१ बलमा २५ रन बनाएर नटआउट फर्किए ।

यसै क्रममा इंग्ल्यान्डका कप्तान जोस बटलरको छक्का सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेको छ ।

वास्तवमा, सौरभ नेत्रवलकर अमेरिकाका लागि तेस्रो ओभर बलिङ गर्न आए । बटलरले यो ओभरको चौथो बलमा नेत्रवलकरको टाउकोमाथि शक्तिशाली प्रहार गरे । त्यसपछि बल सिधै रंगशालाको छतमा खसेको थियो ।

जोस बटलरको प्रहारले छतमा रहेको सोलार प्यानलको सिसामा क्षति पुगेको छ । जोस बटलरको छक्काको दूरी करिब १०४ मिटर थियो । भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । सामाजिक संजाल प्रयोगकर्ताहरुले लगातार कमेन्ट गरेर आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।