२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले आफू सहकारीको कुनै रकम अपचलन नगरेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री रवि लामिछानेले आफू गोर्खा मिडिया प्रालीमा रहँदा सहकारीबाट ऋण लिने विषयमा कुनै निर्णय नभएको, ऋण लिने प्रक्रियामा आफ्नो कुनै निवेदन, हस्ताक्षर, आफ्नो बैठक खातामा पैसा आएको देखाउन चुनौती समेत दिए ।

यस्तै, उनले जीबी राईले गरेका फोहोरको भारी आफूमाथि नथोपार्न आग्रह गर्दै आफूमाथि मिडियाबाजी गरेर मिडियाको हेडलाइनका आधारमा कांग्रेसले संसद् अवरुद्ध गरेको आरोप समेत लगाए ।