६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिको टीओआरमा दलहरू सहमति नजिक



अ+ अ-

काठमाडौं । सहकारी प्रकरण छानबिनका लागि गठन हुने संसदीय समितिको कार्यादेश तयार भएको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदल उपप्रधान तथा गृहमन्त्रीको नाम नलेख्ने तर समस्याग्रस्त सहकारीको नाम लेख्ने गरी सहमतिको प्रयास भएको बताइएको छ ।

कार्यदल बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय छानबिन समितिको कार्यादेशमा सहमति नजिक पुगिएको बताए । यस्तै, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले केही समय माग गरेको पनि उनले जानकारी दिए ।

कार्यदलमा भएको सहमतिको ड्राफ्ट पार्टीमा बुझाइने र निर्देशन आएपछि सहमतिमा हस्ताक्षर गर्ने तयारी भएको बताइएको छ ।