११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

नेपाली काँग्रेस संसदलाई मुठभेडमा लैजान चाहन्छः एमाले

नेपाली काँग्रेस संसदलाई मुठभेडमा लैजान चाहन्छः एमाले
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्ताैलाले नेपाली काँग्रेसले संसदमा मुठभेडमा लैजान चाहेको आरोप लगाउनुभएको छ ।

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले गत जेठ ३ गते बिहीवार संसद अवरोध गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दुव्र्यवहारको प्रयास गरेको उल्लेख गर्दै उहाँले काँग्रेसले संसदमा उदण्ड, अभद्र, अशिष्ट र अमर्यादित ढंगले प्रश्तुत भएर मुठभेडमा लैजान चाहेको जिकिर गर्नुभएको हो ।

शनिवार काठमाडौंमा आयोजित युवा विषयक विचार गोष्ठीमा बोल्दै प्रमुख सचेतक बर्तौलाले पार्टी अध्यक्ष ओलीमाथि काँग्रेस उपसभापति गुरुङले संसदमा उदण्ड व्यवहार प्रदर्शन गरेर संसदीय मूल्य, मान्यताको नै खिल्ली उडाएको बताउनु भयो । उहाँले संसदमा काँग्रेसले सत्तापक्षको आशनमा आएर गरिएको दुव्र्यवहारको जति निन्दा गरे पनि कम हुने बताउनु भयो ।

प्रमुख सचेतक बर्तौलाले भन्नुभयो, ‘नेपाली काँग्रेसले संसदमा गरिरहेको हर्कत हेर्नुहोस् । संसदमा सत्ता पक्ष कहाँ बस्ने, प्रतिपक्ष कहाँ बस्ने, सरकार कहाँ बस्ने ? त्यहाँ डिफाईन गरेको हुन्छ । आसन निर्धारण गरिएको हुन्छ । तर प्रमुख प्रतिपक्षका साथीहरुले वेल घेराउ गर्न जानुभएको छ, आपत्ति छैन । नारा लगाउनुभएको छ । हामीलाई आपत्ति छैन । यसमा गुनासो छैन । तर सरकारको आसनमा आएर उपसभामुखको आसनमा आएर जुन प्रकारको अभद्र, अशिष्ट, अमर्यादित र उदण्ड प्रश्तुतिहरु उहाँहरुबाट भईरहेको छ । यसले संसदीय इतिहासमा, संसदीय राजनीतिको इतिहासमा, संसदीय परम्परामा यो एउटा कालो दिनको रुपमा अस्तीको घटना रह्यो ।

हाम्रा श्रद्धेय अध्यक्षमाथि नेपाली काँग्रेसका एक जना नेता, जसलाई स्वर्गमा पुगेका पितृहरुले पनि निर्वाचनको बेलामा प्रकट भएर भोट दिएर पठाएर निर्वाचित गरेर पठाए, ती त्यस्ता व्यक्तिले संसदबाट, संसदमा हाम्रा श्रद्धेय अध्यक्षमाथि अशिष्ट व्यवहार प्रर्दशन गरे, उदण्ड व्यवहार प्रर्दशन गरे । यसले के देखाउँछ भने राजनीतिलाई इमानबाट निर्देशित होइन, संसदीय मूल्य, मान्यताको जगबाट संसद चलाउने होइन । भिडभाड, दादागिरी र उदण्डताका साथ मुठभेडमा लैजान नेपाली काँग्रेस चाहन्छ भन्ने कुरा त्यो अस्तीको घटनाबाट देखिन्छ ।’

प्रमुख सचेतक बर्तौलाले सहकारीको ठगी प्रकरण फौजदारी अभियोग भएकाले त्यसलाई संसदले नभई सरकारी निकायले अनुसन्धान गर्नुपर्ने तर्क समेत गर्नुभयो ।