२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की

केपी ओलीलाई पार्टीले प्रधानमन्त्री बनाएको होः प्रचण्ड

केपी ओलीलाई पार्टीले प्रधानमन्त्री बनाएको होः प्रचण्ड
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीलाई जनताले प्रधानमन्त्री बनाएको नभई पार्टीले प्रधानमन्त्री बनाएको बताउनुभएको छ । उहाँले पार्टीको बहुमतको निर्णय मान्ने संसारभरको प्रचलन रहे पनि ओलीले पार्टीको बैठकबाट भागेर संसद् विघटन गरेको बताउनुभयो । उहाँले ओलीले जनतालाई प्राथमिकतामा राख्नुको सट्टा भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप पनि लगाउनुभयो ।

पार्टी एकता गर्दा समाजवादको पूर्वाधार निर्माण गर्नेतर्फ अघि बढ्ने भनिएको भए पनि प्रधानमन्त्री ओलीले सरकारको नीति, कार्यक्रम तथा बजेटको विषयमा पार्टी कमिटीमा छलफल नगरेको समाजवादोन्मुख बजेट ल्याउन नसकेको प्रचण्डले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ओली प्रवृत्तिविरुद्ध मेजर अपरेसन आवश्यक रहेको छ ।’ आवेग र आक्रोशसहित आन्दोलनमा सक्रिय हुन युवाहरुलाई निर्देशन दिँदै प्रचण्डले आन्दोलनकै जगबाट असंवैधानिक संसद् विघटन फिर्ता हुने बताउनुभयो । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आन्दोलनमा युवाहरु मात्रै नभई अग्रमोर्चामा आफू पनि सहभागी हुने घोषणा गर्नुभयो ।

कम्युनिस्ट आन्दोलनको एकताको प्रतिनिधित्व गर्न चाहेको बताउँदै आफूहरु माक्र्सवादप्रति निष्ठावान हुँदै इमानदार भएर अघि बढ्ने बताउनुभयो । प्रचण्डले देश रोएका बेला प्रधानमन्त्री केपी शर्मा ओली हाँसेर बसेको बताउनुभयो । ‘केपी ओली मलामी जाने बेलामा हाँस्दै हिँड्नुभएको छ । जन्ती जाने बेलामा रुँदै हिँड्नुहुन्छ, देश बरबाद भइरहेको छ । डढेलो लागेको छ । तर ओलीजी हाँसिरहनुभएको छ । नाङ्गै भएर पनि हाँस्नुहुन्छ।’ –उहाँले भन्नुभयो ।

शनिबार प्रदेश १ को भेलालाई सम्बोधन गर्दै ओलीले आफूले जनतालाई हँसाउन खोज्दा प्रचण्ड–नेपाललाई पीर परेको भन्दै कटाक्ष गर्नुभएको थियो । प्रचण्डले ओलीले प्रतिनिधिसभा विघटन गरेपछि देशका सबै जनता असंवैधानिक कदमको विपक्षमा रहेको दाबी गर्दै उहाँले संविधानमाथि निर्मम प्रहार भएकाले त्यसको प्रतिवादमा उत्रनुपरेको बताउनुभयो । ओली अझै बयलगाडाकै अवस्थामा रहेको टिप्पणी गर्दै प्रचण्डले ओली लोकतान्त्रिक हुनै नसक्ने बताउनुभयो । नेपाल समाचारपत्र दैनिक