९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्यधिक चिसो बढेपछि विद्यालहरु पुनः बन्द हुन थाले



अ+ अ-

वीरगन्ज । अत्यधिक चिसो बढेको भन्दै वीरगन्जमा विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । नेपाल शिक्षक महासंघ र प्राइभेट एन्ड बोर्डिङ स्कुल अर्गनाइजेसन नेपाल वीरगन्ज महानगरपालिकाले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गरेका हुन् ।

महानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको पठनपाठन माघ ४ गतेदेखि ६ गतेसम्म स्थगित गर्ने सहमति भएको महासंघ वीरगन्ज अध्यक्ष विनोद मेहताले जानकारी दिनुभयो । बढ्दै गएको अत्यधिक चिसो मौसमका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरको सम्भावनालाई मध्यनजर गरी विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरुको परामर्श एवं वीरगन्ज महानगरपालिकासँगको अनौपचारिक छलफलबाट विद्यालयको पठनपाठन स्थगित गर्ने सहमति भएको प्याब्सन वीरगन्जका अध्यक्ष आलोककुमार चौरसियाले बताउनुभयो ।

वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले मौसम प्रतिकूल भएकाले विद्यालय बन्द गर्ने निर्णयमा पुगेको जनाउनुभयो ।कोरोना कहरका कारण लामो समय बन्द रहेका वीरगन्ज क्षेत्रका विद्यालयहरु गत महिनाबाट मात्रै सञ्चालनमा आएका थिए । नेपाल समाचारपत्र दैनिक