२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की

निर्वाचनको आन्तरिक तयारी तत्काल रोक्न प्रचण्ड-नेपाल पक्षका नेताहरुको माग

निर्वाचनको आन्तरिक तयारी तत्काल रोक्न प्रचण्ड-नेपाल पक्षका नेताहरुको माग
अ अ+ अ-

काठमाडौं । निर्वाचनको आन्तरिक तयारी तत्काल रोक्न नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्षका नेताहरुले निर्वाचन आयोगसमक्ष माग गरेका छन् ।आगामी वैशाख १७ र २७ गते तय गरिएको निर्वाचन सम्पन्न गराउने विषयमा आयोगले थालेको आन्तरिक तयारीबारे आइतबार राजनीतिक दलहरुसंँग गरेको छलफलमा प्रचण्ड–नेपाल पक्षका नेताहरुले सो माग गरेका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभाको विघटन मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएको अवस्थामा निर्वाचनको तयारी अघि नबढाउन आफूहरुले गरेको आग्रहलाई बेवास्ता नगर्न पनि उनीहरुले माग गरे ।

‘आयोगले भनेजस्तो निर्वाचन तयारीमा हामी लाग्दैनौं’, नेता राजेन्द्र पाण्डेले भन्नुभयो– ‘अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा तत्काल निर्वाचनको कार्यक्रम अघि बढाउनुहुँदैन । वैशाखमा आयोगले निर्वाचन गराउन सक्दैन ।’ सोही बैठकमा नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले निर्वाचन आयोगको निर्वाचन कार्यक्रमको तयारीको पक्षमा आफूहरु रहेको बताउनुभयो । आयोगले कुनै पनि समय निर्वाचन गराउन तयार रहनुपर्ने भन्दै उहाँले भन्नुभयो– ‘अदालतले संसद् पुनस्र्थापना गरे त्यसलाई स्वीकार गर्नेछौं । निर्वाचन भए निर्वाचनमा जानका लागि पनि नेपाली कांग्रेस तयार छ ।’

संघीय संसद् र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग गरेको छलफलमा आयोगले गरिरहेको घोषित मितिमा निर्वाचन गराउन थालेको आन्तरिक तयारीको सम्बन्धमा विभिन्न राजनीतिक दलहरुलाई जानकारी दिइएको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा भएको सन्दर्भमा आयोगबाट सम्पादन हुँदै गरेको तयारीका कार्यक्रम तथा क्रियाकलापहरूबारे अवगत गराउनुभयोे । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने काम माघ १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

निर्वाचनका लागि मतदान केन्द्र र मतदानस्थल निर्धारण कार्यविधि, २०७७, निर्वाचन व्यवस्थापनमा लैंगिक तथा समावेशी नीति, २०७७ र निर्वाचन व्यवस्थापनमा मानव संशाधन नीति, २०७७ आयोगबाट स्वीकृत भई कार्यान्वयनमा आइसकेको पनि आयोगले जनाएको छ । आयोगका अनुसार निर्वाचनमा सामाजिक सञ्जाल व्यवस्थापन नीति, निर्वाचन आचारसंहिता, प्रदेश र स्थानीय तहमा निर्वाचन सम्पर्क व्यक्ति तोक्नेलगायतका कार्यहरू अन्तिम चरणमा रहेको तथा निर्वाचन व्यवस्थापनका सबै कार्यहरू व्यवस्थित र योजनाबद्ध रूपमा भइरहेको छ ।

बैठकमा उपस्थित राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूले मतदान केन्द्र र मतदानस्थल निर्धारण गर्दा भौगोलिक विकटता, केन्द्र तथा स्थलको सेवा सुविधा, मतदाताको सहज पहुँचको अवस्था, भौतिक पूर्वाधारको अवस्थालाई समेत ध्यान दिनुपर्ने, मतदाता नामावलीमा उजुरी, दाबी विरोधका लागि निर्धारित समय कम भएकोले समय थप हुनुपर्ने बताएका थिए । त्यसैगरी उनीहरुले प्रचार प्रसारलाई व्यवस्थित बनाउनुपर्ने, १८ वर्ष उमेर पूरा गरेका सबै मतदाताले मतदान गर्न पाउने सुनिश्चितता गर्नुपर्ने, निर्वाचन खर्चको पारदर्शिता हुनुपर्ने, विदेशमा रहेका नेपाली नागरिकले समेत मताधिकारको प्रयोग गर्न पाउने व्यवस्था हुनुपर्ने, कोरोना भाइरसको स्वास्थ्य प्रोटोकल निर्धारण गर्नुपर्ने लगायतका पक्षमा आ–आफ्नो धारणा व्यक्त गर्दै सोको व्यवस्थापनका लागि आयोगलाई सुझाव दिएका थिए ।

वैठकमा ११ वटा राजनीतिक दलका प्रमुख एवं निर्वाचन प्रतिनिधिका साथै आयोगका आयुक्तहरू, सचिव, सहसचिवलगायत उच्चपदस्थ कर्मचारीको सहभागिता रहेको थियो । छलफलमा आयोगले सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम, मतदानस्थल र मतदान केन्द्र पुनरवलोकन कार्यक्रमको बारेमा नेताहरुलाई जानकारी गराई राय, परामर्श लिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । नेपाल समाचारपत्र दैनिक