७ श्रावण २०८३, बिहीबार
,
Latest
संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ नेपाल श्रीलङ्कासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा पनि कोभिड खोपको ‘ड्राई रन’ तयारी



अ+ अ-

काठमाडौँ । कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्न सरकारले ‘ड्राई रन’ को तयारी थालेको छ । ड्राई रन एक प्रकारले खोप लगाउने पूर्वाभ्यास हो । खोप ल्याइसकेपछि त्यसको प्रयोगमा सहजताका लागि उक्त तयारी थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप वितरणको रोडम्यापसमेत तयार गरिएको छ । ड्राई रनअन्तर्गत एकदिने अभ्यासमा विभिन्न क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीले डमी (नमुना) खोप पाउनेछन् । ‘ड्राई रनमा खोप लगाउने तयारीका बारेमा जानकारी जुटाएर यसमा देखिएको कमी, कमजोरी हटाइन्छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘खोप प्राप्त भएपछि व्यक्तिको पाखुरामा लगाउँदासम्मको कार्यविधि कसरी पूरा हुन्छ भन्ने अभ्यास गर्न ड्राई रनको तयारी भएको छ ।’

ड्राई रनको तयारी गरिनुको अर्थ कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान सुरु गर्नुभन्दा पहिलेको अवस्था हो । भारतबाट प्राप्त हुने भनिएको कुल २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिड–१९ विरुद्धको खोपलाई दृष्टिगत गरी ड्राई रनको तयारी थालिएको हो । हाल मुलुकभर भण्डारण, ओसारपसारलगायत खोपसँग सम्बन्धित विभिन्न कामहरू द्रुत गतिमा भइरहेको डा. अधिकारीले बताए ।कुल जनसंख्याको ३ प्रतिशत र त्यसपछि १७ प्रतिशतलाई समेत पुग्ने गरी खोप भण्डारण गर्ने तयारी पूरा भइसकेको उनले दाबी गरे ।

‘कोभिड–१९ संक्रमितको प्रत्यक्ष–अप्रत्यक्ष सम्पर्कमा रहने अग्रपंक्तिमा खटिने (स्वास्थ्यकर्मी, स्वास्थ्य निकायका कर्मचारी, सफाइकर्मी, सुरक्षाकर्मीलगायत) का लागि लक्षित गरी मुलुकको ३ देखि ५ प्रतिशत जनसंख्यालाई पुग्ने खोप भारतबाट छिट्टै प्राप्त हुने भएको छ,’ उनले भने । सिरम इन्स्टिच्युट अफ इन्डियाले ‘कोभिसिल्ड’ नाममा उत्पादन गरिरहेको अक्सफोर्ड–एस्ट्राजेनेकाको ‘एजेडडी १२२२’ खोप विभिन्न चरणमा नेपालले पाएपछि लगाउने अभियान सुरु हुनेछ ।

कोभिसिल्ड खोप नेपालमा छिट्टै प्रयोग गर्न अनुकूल वातावरण निर्माणका लागि भन्दै औषधि व्यवस्था विभागले गत शुक्रबार यसलाई आपत्कालीन उपयोगमा ससर्त अनुमति दिएको छ । भारतले गत डिसेम्बर अन्तिम साता ड्राई रन सुरु गरेको थियो भने शनिबारबाट खोप अभियान नै थालेको छ । डा. अधिकारीका अनुसार ड्राई रनदेखि खोप लगाउने बेलासम्म तयारी र समन्वयका लागि सातवटै प्रदेशमा सहसचिवको संयोजकत्वमा समिति गठन गरी खोप अभियानको जिम्मासमेत दिइएको छ । कान्तिपुर दैनिक