७ श्रावण २०८३, बिहीबार
,
Latest
संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ नेपाल श्रीलङ्कासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई उपलब्ध गराउने कोरोनाविरुद्धको खोपबारे भारतले आज निर्णय गर्ने



अ+ अ-

नयाँदिल्ली । नेपाललाई उपलब्ध गराउने कोरोनाविरुद्धको खोपका विषयमा भारतले आज निर्णय गर्दैछ । आज दिउँसो बस्दै भारतको केन्द्रीय स्वास्थ्य समितिको बैठकले नेपाललाई उपलब्ध गराउने खोपको मात्रा र समय निर्धारण गर्नेछ । भारतले पहिलो चरणमा नेपालसहित भुटान, बंगलादेश र ब्राजिललाई खोप दिने तयारी गरेको छ ।

बैठकमा भारतीय स्वास्थ्य मन्त्री हर्षबर्धन, विदेशमन्त्री एस जयशंकर, भारत बायोटेक र सिरम इन्स्टिच्युटका प्रतिनिधि सहभागी हुने बताइएको छ । नेपालले आपतकालीन प्रयोगका लागि अक्सफोर्डले विकसित गरेको अस्ट्राजेनेका भारतमा उत्पादन गरेको खोपलाई प्रयोगको अनुमति दिइसकेको छ ।

भारतमा भने शनिवारदेखि खोप दिन शुरु गरिएको छ । खोपका कारण हालसम्म ४ सय ४७ जनालाई सामान्य असर देखिएको छ । बिरामीमध्ये ३ जनालाई मात्र अस्पताल भर्ना गरिएको छ । राजधानी दैनिक