५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नइका चार कृतिको लोकार्पण



अ+ अ-

काठमाडौँ:  वानीरा फाउन्डेसनले शताब्दी पुरुष डा सत्यमोहन जोशीको एक सय पाचौँ जन्मजयन्ती  अवसरमा नइ प्रकाशनबाट प्रकाशित चारवटा कृति सार्वजनिक गरेको छ ।

आज यहाँ आयोजित कार्यक्रममा वानीरा फाउन्डेसनका संस्थापक शङ्कर गिरी, भूपालमानसिंह कार्की प्रज्ञापरिषद्का अध्यक्ष लोकमानसिंह कार्की तथा नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईंले संयुक्त रुपमा  प्राडा उषा ठाकुरबाट सम्पादित ‘सुनीता कार्कीको काव्यकारिता’, प्राडा सावित्री कक्षपतीद्वारा लिखित ‘नरेन्द्रराज प्रसाईको अर्जुनदृष्टि: ललितत्रिपुरसुन्दरी’, डा अम्बिका अर्यालद्वारा लिखित ‘नारीअस्तित्व र इन्दिरा प्रसाईका उपन्यास’ र अणुराज जोशीद्वारा सामु उप्रेतीको उपन्यास ‘तिम्रो म’को नेपाली भाषाबाट अङ्ग्रेजी भाषामा अनुदित ‘आइएम् योर्स’ नामक कृति लोकार्पण गर्नुभएको हो ।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईंको सभापतित्वमा सम्पन्न सो समारोहमा सुनीता कार्की, प्राडा सावित्री कक्षपती, डा अम्बिका अर्याल, अणुराज जोशी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईं र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष डा जोशीको साहित्यिक योगदान र लोकार्पित कृतिहरुबारे चर्चा गर्नुभएको थियो ।रासस