१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद विघटन मुद्दामा आजको सुनुवाइ जारी



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको आज पनि सुनुवाइ भइरहेको छ। प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरूमाथि आइतवार सुनुवाइ हेर्दाहेर्दैमा सकिएको थियो । 

हिजोको सुनुवाइमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी, सुनिल पोखेल, संविधानविद् भीमार्जुन आचार्य लगायतले बहस गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदमविरूद्ध सर्वोच्चमा मुद्दा विचाराधीन छ। उक्त मुद्दाबारे आइतवारदेखि निरन्तर सुनुवाइ सुरू भएको हो ।