काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पछिल्लो अभिब्यक्ति अदालतलाई तर्साउने र संविधानको हत्या गरेर अस्थिरता खडागर्ने तर्फ उद्यत रहेको आरोप लगाउनु भएको छ ।
नेता डा भट्टराईले सोमबार आयोजित एक कार्यक्रममा ‘हामी शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौं। बाहिरी शक्ति आयो भने हातमा दही जमाएर बस्ने ? बाहिरी हस्तक्षेप भएमा रामनाम जपेर बस्दैनौं।
त्यस्तो स्थिति नआओस्,’भन्दै चेताबनी दिनु भएको थियो । डा भट्टराईको नाम उल्लेख नगरी अध्यक्ष थापाले सामाजिक संञ्जालमा लेख्नुभएको छ –संविधानमा रहेका अस्पष्टतारविवाद निरूपणगर्ने अधिकार संविधानले सर्वोच्च अदालतलाई दिएको अवस्थामा 'प्रतिनिधिसभा पुनर्स्थापना नभए हातमा दही जमाएर,रामनाम जपेर बस्दैनौं'भन्ने एक नेताको अराजक अभिव्यक्तिले अदालतलाई तर्साउने र संविधानको हत्या गरेर अस्थिरता खडागर्ने तर्फ उद्यत रहेको देखिन्छ ।