४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

अतिक्रमणको प्रतिकारमा नेपाली

अतिक्रमणको प्रतिकारमा नेपाली
अ+ अ-

मङ्गलबारे । भारतीयले नेपालतर्फको भूभाग मिच्नु र मिच्न खोज्नु नौलो विषय होइन । पटकपटक भारतीय सीमासुरक्षा बलले नेपालतर्फको भूभागमा पसेर सीमा मिच्ने गरेको छ । कहिले सीमावारी भौतिक संरचना बनाउँछ त कहिले जङ्गे पिलर नै कब्जाको प्रयास गर्छ । 

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै यो समस्या रहने गरेको छ । तराईमा भन्दा पहाडी क्षेत्रमा सीमा सुरक्षामा चुनौती रहेको त्यस क्षेत्रका बासिन्दाको भनाइ छ । भर्खरै पनि भारतसँग सीमा जोडिएको जिल्लाको सूर्योदय नगरपालिका– २ हिलेमा भारतीय सीमासुरक्षा बलले नेपालतर्फका भूभाग कब्जा गर्न खोजेपछि यस्तै झमेला भयो । स्थानीयवासीको प्रतिकारपछि भारतीय पक्ष पछि हट्यो । 

गत शनिबार पुशपतिनगरस्थित हिले क्षेत्रमा रातारात भारतीय सीमासुरक्षा बल एसएसबीले एकतर्फीरुपमा नेपालतर्फको सीमामा बारबेरा लगाएको सीमा क्षेत्रमा बस्ने नेपालीहरुको भनाइ छ । भारतीय पक्षले नेपालतर्फको भूभाग कब्जा गर्न खोजेपछि एकजुट भएका नेपालीले यसको खुलेरै नेपालको रक्षा गर्नुप¥र्यो । 

स्थानीयवासीको तीव्र विरोधपछि एसएसबीले आइन्दा सीमा क्षेत्रमा यस्ता क्रियाकलाप नगर्ने भन्दै पछाडि हट्नुपर्यो । वैज्ञानिक सिमाङ्कन नहुँदा पूर्वी सीमाको इलाम खण्डअन्तर्गत ५२ किलोमिटर क्षेत्रमा वर्षेनी यस्तै समस्या बल्झिरहने गरेको छ । यो समस्या वर्षमा एक दुइपटक जस्तै दोहोरिने गरेको स्थानीयवासी फुर्वा शेर्पाको भनाइ छ । 

देशकै पर्यटकीय गन्तव्य मानिएको सन्दकपुर डाँडामा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको दृश्यावलोकन स्तम्भ निर्माणमा पनि एसएसबीले रोक लगायो । त्यो स्तम्भ बन्दै गरेको जग्गा नेपालकै भए पनि एसएसबीले आफ्नो भन्दै रोक लगाउने गरेको छ । सन्दकपुरलगायत विभिन्न स्थानमा भारतीय पक्षले पनि सीमा क्षेत्रमा संरचना बनाइरहेको छ ।

विसं २०६४ को संविधानसभा निर्वाचनताका भारतले सुरक्षाका लागि भन्दै तीन÷तीन किलोमिटरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को बिओपी राखेको थियो । भारतले कतिपय स्थानमा दशगजाभित्रै पनि एसएसबी क्याम्प राखेको छ । इलाममा नेपाल–भारत सिमानामा पर्ने ठाउँमा एसएसबीले दशगजाभित्रै पाल टाँगेको बताइएको छ । उनीहरु हतियार लिएर नै बस्ने गरेको समेत बताइन्छ । भारतले बारम्बार सीमा मिचेर संरचना बनाइरहन्छ तर नेपाली भूभागमा संरचना बनाउँदा पनि पटकपटक रोक लगाउने र दुःख दिइरहने गरेको स्थानीयवासीको भनाइ छ ।

मानेभञ्ज्याङमा नेपाल र भारततर्फ दशगजा क्षेत्रमा घर बनेका छन् । पशुपतिनगरको फाटकमा भारतीय तर्फबाट दशगजा क्षेत्रमा गुम्बा बनाइएको छ । गुम्बा बन्न थालेपछि नेपालतर्पmबाट पटकपटक पहल गरिएको भनिए पनि संरचना बनाएरै छाड्यो । केन्द्रबाटै नापी टोली आएर नाप्दा पनि त्यो स्थान दशगजाभित्रै देखिए पनि संरचना बनाउन रोकिएको छैन ।

इलामसँगै पूर्वको झापा गौरीगञ्जदेखि इलामको रोङ सीमावर्ती पाटापुरसम्मको १४४ किलोमिटर र इलामको सन्दकपुरदेखि पाँचथर हुँदै ताप्लेजुङको कञ्चनजङ्घा हिमालसम्मको सीमा क्षेत्रमा जहिल्यै समस्या आउने गरेको छ । सीमा गासिएकै कारण भारतीय सुरक्षा बल एसएसबीको दबदबामा सबैभन्दा धेरै सन्दकपुर गाउँपालिकासहित सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिका छन् । यी स्थानीय तहमा सीमावर्ती क्षेत्रमा नेपाल सरकारमार्फत तोकिएका पूर्वाधार र विकास निर्माणका काम अघि बढ्न सकिरहेका छैनन् । निर्माणाधीन अवस्थामा रहेका कतिपय पूर्वाधार अहिलेसम्म पनि अधुरै देखिएका छन् ।  

विसं २०५८ मा पशुपतिनगरको हिले क्षेत्रमा नै भारतीय पक्षले रातारात नेपालीका सात घरलाई समेत आफ्नोमा पार्ने गरी पिल्लर सारेको सीमा क्षेत्रका स्थानीयवासी स्मरण गर्छन् । आफूले भोगेका समस्या खुलेर कुरा गर्नसमेत समस्या भएको सीमाका बासिन्दाको भनाइ छ । विसं २०६५ मा सूयोदय नगरपालिकाको श्रीअन्तुको गुफापातल क्षेत्रमा क्याम्पको क्षेत्र एकीन गर्ने भन्दै नेपाली भूमिमा भारतीय पक्षले बारबेरा शुरु गरेको थियो । त्यहाँ पनि नेपालीको तीव्र विरोधका कारण भारतीय पक्ष पछि सर्नु परेको थियो । 

सीमा क्षेत्रको सुरक्षाका लागि नेपाल सरकारले सशस्त्र प्रहरी बलको बोर्डर आउटपोष्ट राख्नेक्रम निरन्तर छ । इलाममा मात्र यस वर्ष पाँच बिओपी स्थापना भए । जिल्लाका सीमा क्षेत्रमा पर्ने सात स्थानमा सशस्त्र प्रहरीका बिओपी स्थापना भइसकेका छन् । सशस्त्र प्रहरीले मात्र सीमाको रक्षा गर्न कठिन भएको बताइएको छ । अझै केही अन्य स्थानमा पुनः बिओपी थप गर्ने लक्ष्य लिइएको छ । 

पहिला गाडिएका सीमास्तम्भ कतिपय भारतीय पक्षले गायब गरिसकेको छ भने कतिपय आधा खनेर छोडिएको छ । सीमावर्ती क्षेत्र इलाममा मात्र ३७ सीमास्तम्भ छैनन् । यो क्षेत्रमा मुख्य (जङ्गे) पिलर १७ हुनुपर्नेमा १६, सहायक पिलर ८३ हुनुपर्नेमा ७२ रहेको बताइएको छ । सानो पिलर ४६ हुनुपर्नेमा २१ मात्र भएको बताइएको छ । सीमा पिलर नै कतिपय ठाउँमा गायब भएका कारण पनि सीमामा समस्या बल्झिने गरेको छ । 

भारतीय पक्षबाट गुगल म्याप लिएर सिमाङ्कनका लागि अघि बढ्दा समस्या थपिने गरेको छ । यसबारेमा दिगो समस्या समाधानको उपाय खोज्नुपर्ने सूर्योदयका नगर प्रमुख रणबहादुर राईले बताउनुभयो । सीमा क्षेत्रमा खट्ने सशस्त्र प्रहरीका अधिकृतले भने पूर्वमा त्यति धेरै समस्या नभएको बताउने गरेका छन् । टीका खतिवडा /रासस