११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद विघटनविरुद्धका रिट आज पनि हेर्दाहेर्दैमा



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धका रिट सोमवारपनि हेर्दाहेर्दैमा राखेर सकिएको छ । सोमवार भएको सुनुवाइमा दुई अधिवक्ताले मात्र बहस गरेका हुन् । 

अधिवक्ता दीनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले बहस गरेपछि आजको सुनुवाइ सकिएको हो । एउटै अधिवक्ताले घण्टौं बहस गरेमा प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ हप्तौं जाने सम्भावना देखिएको छ ।  

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको बहसका लागि १ सय ८८ जना कानून व्यवसायीले वकालत गर्ने भएका छन् । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्या भण्डारीले पौष ५ गते प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरेकी थिइन् ।