१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाहाल–नेपाल समूहले सोध्यो ओलीसँग स्पष्टीकरण,पत्र बालुवाटारमा बुझायो (पत्र सहित)



अ+ अ-

काठमाडौँ । नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री केपि शर्मा ओलीलाई स्पष्टीकरण सोध्‍ने निर्णयको पत्र बुझाएको छ । सोमबार दाहाल-नेपाल समुहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमौ पुगेर स्पष्टीकरण सोध्‍ने निर्णयको पत्र बुझाएका हुन् ।

माघ २ गते बसेको उक्त समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री समेत ओलीलाई पार्टी सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।  

प्रधानमन्त्रीको सरकारी निवास छिर्ने गेटबाट नै आफूहरुले पत्र बुझाएर फर्केको पाण्डेले बताए । 'हामी त्यहाँ पुग्यौं र यस्तो खालको पत्र बुझाउन आएका हौ भन्यौं । गेटमा बस्ने सुरक्षाकर्मीलेभित्र सोध्नुभयो पत्र बुझ्न के गर्ने भनेर । भित्रबाट बुझ्नुस् भन्ने आदेश आएपछि पत्र त्यहि बुझाएर फर्कियौं,'पाण्डेले भने ।