११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाहाल–नेपाल समूहले सोध्यो ओलीसँग स्पष्टीकरण,पत्र बालुवाटारमा बुझायो (पत्र सहित)



अ+ अ-

काठमाडौँ । नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री केपि शर्मा ओलीलाई स्पष्टीकरण सोध्‍ने निर्णयको पत्र बुझाएको छ । सोमबार दाहाल-नेपाल समुहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमौ पुगेर स्पष्टीकरण सोध्‍ने निर्णयको पत्र बुझाएका हुन् ।

माघ २ गते बसेको उक्त समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री समेत ओलीलाई पार्टी सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।  

प्रधानमन्त्रीको सरकारी निवास छिर्ने गेटबाट नै आफूहरुले पत्र बुझाएर फर्केको पाण्डेले बताए । 'हामी त्यहाँ पुग्यौं र यस्तो खालको पत्र बुझाउन आएका हौ भन्यौं । गेटमा बस्ने सुरक्षाकर्मीलेभित्र सोध्नुभयो पत्र बुझ्न के गर्ने भनेर । भित्रबाट बुझ्नुस् भन्ने आदेश आएपछि पत्र त्यहि बुझाएर फर्कियौं,'पाण्डेले भने ।