२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाक्लो कुहिरोका कारण टोकियो नजिकै एक्सप्रेसवेमा  दुर्घटना, १९ जना घाइते



अ+ अ-

टोकियो । बाक्लो कुहिराका कारण टोकियो नजिकैको चिबा प्रिफेक्चरको एउटा एक्सप्रेसवेमा १२ वटा सवारी साधन अड्किदा १९ जना घाइते भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।

धेरै सवारी  थुप्रिएर दुर्घटना भएकाले बिहान ८:०० बजे स्थानीय प्रहरीलाई खबर गरिएको थियो । प्रत्येक दिशामा एउटै लेन भएको उक्त एक्सप्रेसवेको एक खण्डमा किसराजु शहरको मेट्रोपोलिटन इन्टर-सिटी एक्सप्रेसवेमा दुर्घटना भएको हो।

स्थानीय प्रहरीका अनुसार बाक्लो कुहिराका कारण चालकहरूलाई बाटो देख्न मुस्किल परेको थियो जसले गाडीहरू एकै ठाँउ थुप्रिन पुगे र दुर्घटना हुन पुग्यो। (रासस-सिन्ह्वा)