१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युकासललाई पराजित गर्दै आर्सनल शीर्ष दशमा प्रवेश



अ+ अ-

लन्डन । आर्सनलले सोमबार न्युकासललाई ३–० ले हराएको छ । पिएरे इमरिक अबमेयाङको दुई गोलमा आर्सनलले जित आफ्नो पोल्टामा पारेको हो । यो नतिजापछि टोली इंग्लिस प्रिमियर लिगको शीर्ष दसभित्र प्रवेश गर्न सफल रह्यो । हारले न्युकासल व्यवस्थापक स्टिभ ब्रुसमाथि दबाब बढेको छ ।

आर्सनलका लागि अर्को गोल गर्ने खेलाडी भने बुकायो साका रहे । गाबोनका अन्तर्राष्ट्रिय खेलाडी अबमेयाङले यस खेलसँगै लयमा फर्केको संकेत दिएका छन् जुन व्यवस्थापक माइकल आर्टेटाका लागि खुसीको समाचार हुनेछ ।

यो जितपछि आर्सनल १९ खेलबाट २७ अंक बटुली दसौं स्थानमा पुगेको छ । न्युकासल भने १९ अंकसहित १५ औं स्थानमा रह्यो ।