२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युकासललाई पराजित गर्दै आर्सनल शीर्ष दशमा प्रवेश



अ+ अ-

लन्डन । आर्सनलले सोमबार न्युकासललाई ३–० ले हराएको छ । पिएरे इमरिक अबमेयाङको दुई गोलमा आर्सनलले जित आफ्नो पोल्टामा पारेको हो । यो नतिजापछि टोली इंग्लिस प्रिमियर लिगको शीर्ष दसभित्र प्रवेश गर्न सफल रह्यो । हारले न्युकासल व्यवस्थापक स्टिभ ब्रुसमाथि दबाब बढेको छ ।

आर्सनलका लागि अर्को गोल गर्ने खेलाडी भने बुकायो साका रहे । गाबोनका अन्तर्राष्ट्रिय खेलाडी अबमेयाङले यस खेलसँगै लयमा फर्केको संकेत दिएका छन् जुन व्यवस्थापक माइकल आर्टेटाका लागि खुसीको समाचार हुनेछ ।

यो जितपछि आर्सनल १९ खेलबाट २७ अंक बटुली दसौं स्थानमा पुगेको छ । न्युकासल भने १९ अंकसहित १५ औं स्थानमा रह्यो ।