१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कागलिरीमाथि एसी मिलानको जित



अ+ अ-

मिलान । एसी मिलानले सोमबार कागलिरीलाई २–० ले हराएको छ । जितसँगै मिलानले इटालीको सिरी ए को शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ । एसी मिलानको जितमा ज्लाटन इब्राहिमोभिचको दुई गोल रहेको थियो । 

यसअघि इन्टर मिलानले युभेन्टसलाई हराएर शीर्ष स्थानमा अंक बराबरी गरेको थियो । इब्राहिमोभचले १३ खेलमा १३ गोल गरिसकेका छन् र कागलिरीविरुद्धका दुई गोलमध्ये एक पेनाल्टीबाट गरेका थिए ।

खेलको अन्त्यमा मिलान १० खेलाडीमा सीमित रहेको थियो । मिलानले घर बाहिरका पछिल्ला १९ खेलमा लगातार गोल गरेको छ र यो सिरी ए मा कीर्तिमान हो । मिलानको अब १८ खेलबाट ४३ अंक भएको छ ।