२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस गृहमन्त्रीलाई संसदमा बोल्न दिनुपर्छ भन्ने ठाउँमा आएको छः सन्तोष परियार



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली काँग्रेस संसदमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने कुरामा सकारात्मक देखिएको बताउनुभएको छ ।

मंगलवार सभामुख देवराज घिमिरेले दलका शिर्ष नेताहरुसँग गर्नुभएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक परियारले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस सहज तरिकाले बोल्न दिनुपर्छ भन्ने ठाउँमा पुगेको बताउनु भयो । उहाँले कुनैपनि हिसावमा समिति बनाउन जरुरी नरहेको पार्टीको निस्कर्ष रहेको पनि बताउनु भयो । उहाँले व्यक्ति केन्द्रित भएर समितिको माग गर्नु तर्कसंगत नरहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब संसदमा उपप्रधान तथा गृहमन्त्रीले बोल्ने कुरामा नेपाली काँग्रेसले सहज तरिकाले बोल्न दिनुपर्छ भन्ने ठाउँमा नेपाली काँग्रेस पुगेको छ । कुनै व्यक्तिलाई निषेध गर्नु हुँदैन । समितिको कुरा आज पनि हामीले छलफल गर्दा कुनैपनि हिसावमा समिति बनाउन जरुरी छैन भन्नेमा हामी छाँै । सरकारले प्रश्न उठेपछि सम्बोधन गर्नुपर्छ । गृहमन्त्रीज्युले सम्बोधन गर्नुहुनेछ । व्यक्ति केन्द्रित भएर समितिको माग तर्कसंगत छैन भन्नेकुरा काँग्रेसले बुझेको छ ।’

उहाँले आगामी संसदको बैठकमा गृहमन्त्रीले उक्ता विषयमा आफ्ना धारणा राख्ने पनि बताउनु भयो ।