१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी विभाजनसम्बन्धी चलेको हल्लामा सत्यता छैन – एकीकृत समाजवादी



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले पार्टी विभाजनसम्बन्धी चलेको हल्लामा सत्यता नभएको प्रस्ट पारेको छ ।

जसपा विभाजनपछि नेकपा एस पनि विभाजनको संघारमा पुगेको चर्चा चलिरहेको बेलामा त्यसविरुद्ध चलाइएका भ्रमको पछि नलाग्न सो पार्टीले आग्रह समेत गरेको छ ।

संसद भवन नयाँ बानेश्वरमा माधव कुमार नेपालको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले यस्तो आग्रह गरेको हो ।

यस्तै, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सम्पूर्ण सदस्यहरुको सहभागिता रहेको बैठकमा समसामयिक राष्ट्रिय राजनीति, संघीय संसदको आगामी अधिवेशनमा खेल्नु पर्ने भूमिका लगायतका विषयमा छलफल भएको थियो ।

बैठकले सरकारले ल्याउने नीति, कार्यक्रम र बजेटबारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझावहरु दिने, संसदको आगामी अधिवेशनमा जनसरोकारका विषयहरु सशक्त रुपमा उठाउने र कानून निर्माण प्रक्रियामा सक्रिय भूमिका निभाउने निर्णय पनि गरेको छ ।