५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३१.८७ अंकले उकालो



अ+ अ-

काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३१.८७ अंकले बढेर २३७४.६४ विन्दुमा बन्द भएको छ । यो दिन २ हजार ३७२ दशमलव ८६ विन्दुदेखि खुला भएको बजार २ हजार ३७६ विन्दुसम्म पुगेको थियो । बजार बन्द हुँदा अघिल्लो कारोबार दिनभन्दा ३१ दशमलव ८७ अंक बढेर २ हजार ३७४ दशमलव ६४ विन्दु कायम भएको छ । यो दिन सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ५९ अंक बढेर ४४५ दशमलव ५९ विन्दुमा पुगेको छ ।

बिहीबार २०९ ओटा कम्पनीको ६९ हजार ३३३ पटकको व्यापारमा रू. ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार बराबरको १ करोड ८१ लाख ५ हजार ६७१ कित्ता शेयर कारोबार भएको छ । यस दिन पनि सर्वाधिक रकमको कारोबार नेपाल लाईफ इन्स्योरेन्सको भएको छ । कम्पनीको रू. ५३ करोड ३३ लाख १२ हजार बराबरको शेयर कारोबार भएको हो । यस दिन उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २३ ले बढेर अन्तिम मूल्य रू. २ हजार ९०८ पुगेको छ । 

बिहीबारको बजारमा बैंकिङ र म्यचुअल फण्ड वाहेकका सबै परिसूचक बढेको छ । यो दिन बैंकिङको शून्य दशमलव २२ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ४३ प्रतिशतले परिसूचक घटेको हो ।

यस दिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ४ दशमलव ९४ प्रतिशतले बढेको छ । त्यस्तै लघुवित्तको ४ प्रतिशत, जलविद्युतको ३ दशमलव ७७ प्रतिशत, वित्तको २ दशमलव ८४ प्रतिशत, जीवन बीमाको २ दशमलव ७१ प्रतिशत, विकास बैंकको १ दशमलव २४ प्रतिशत, अन्यको शून्य दशमलव ९६ प्रतिशत, होटलको शून्य दशमलव ६८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ४४ प्रतिशत र व्यापारिकको शून्य दशमलव शून्य ८ प्रतिशत परिसूचक बढेको छ । यो दिन सर्पोट माइक्रोफाइनान्सको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १३८ ले बढेर अन्तिम मूल्य रू. १ हजार ५१८ पुगेको हो । उच्च दोहोरो अंकले बढेको बजारमा नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य सर्वाधिक ६ दशमलव ७० प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५० ले घटेर अन्तिम मूल्य रू. ६९६ मा झरेको हो ।