२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी प्रिमियर कपः वासिमको शतकमा युएईले ओमानलाई दियो २०५ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा युएईले ओमानलाई २०५ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमिरात मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ थालेको युएईले २० ओभरमा ४ विकेट गुमाएर २०४ रन जोड्यो । उसका लागि कप्तान मोहम्मद वासिमले शतकीय पारी खेले ।

५६ बल खेलेका उनले ६ चौका र ७ छक्काको मद्दतमा १०० रन जोडे । यस्तै, आसिफ खानले ३८ तथा अलिशान सराफुले ३४ रनको योगदान दिए ।

ओमानका लागि बिलाल खानले २ तथा सकिल अहमद र जिसन मकसुदले १–१ विकेट लिए । यो खेलको विजेताले एसिया कपमा स्थान बनाउनेछ ।