• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   २०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधरणले सजिलै भेट्ने गरी वेबसाइटमा राखौँ: महेश बर्तौला ★   विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ : प्रधानमन्त्री ★   बजुरामा नुन अभाव छैन: साल्ट ट्रेडिङ ★   झापामा चट्याङ लागेर दुईको मृत्यु ★   नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक सुरु ★   बंगलादेशलाई हराउँदै अफगानिस्तान विश्वकपको सेमिफाइनलमा ★   कोपा अमेरिकाः कोस्टारिकासँग बराबरीमा रोकियो ब्राजिल, कोलम्बियाले पाराग्वेलाई हरायो ★   कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको रिटमा आज सर्वोच्चको आदेश कस्तो आउला ? ★   प्रतिनिधिसभा बैठक : के छ आजको सम्भावित कार्यसूची ? ★   श्रष्टा बानियाँलाई सूर्यनारायण पुरस्कार अर्पण

हैदराबादको लगातार चौंथो जित, दिल्लीलाई ६७ रनले हरायो



काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को चालू सिजनमा सनराइजर्स हैदराबादले लगातार चौथो जित हात पारेको छ । टोलीले लिगको ३५औं खेलमा दिल्ली क्यापिटल्सलाई ६७ रनले पराजित गरेको हो ।

यो जितसँगै सनराइजर्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने दिल्ली एक स्थान झर्दै सातौं स्थानमा पुगेको छ ।

शनिबार अरुण जेटली स्टेडियममा दिल्लीले टस जितेर पहिले बलिङ रोजेको थियो । हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर २६६ रन बनायो । टोलीले सिजनमा तेस्रो पटक २५० भन्दा बढी रन बनाएको छ । जवाफमा दिल्लीको टोली १९.१ ओभरमा १९९ रनमा अलआउट भयो ।

खेलको प्लेयर अफ दि म्याच ट्राभिस हेड भए । उनले ३२ बलमा ८९ रनको इनिङ खेले । हेडको इनिङ्समा ११ चौका र ६ छक्का समावेश थियो ।

टस हारेर ब्याटिङमा उत्रिएको हैदराबादका ओपनर ट्राभिस हेडले ३२ बलमा ८९ रन बनाए भने अभिषेक शर्माले १२ बलमा ४६ रनको इनिङ खेले । यी दुईबीच १३१ रनको ओपनिङ साझेदारी थियो । त्यसपछि शाहबाज अहमदले अविजित ५९ र नितिश कुमार रेड्डीले ३७ रन बनाए । दिल्लीका कुलदीप यादवले ४ विकेट लिए । अक्षर पटेलले एक विकेट लिए ।

रन चेसमा दिल्लीका लागि ज्याक फ्रेजर–म्यागर्कले १८ बलमा ६५ रन बनाए भने कप्तान ऋषभ पन्तले ३५ बलमा ४४ र अभिषेक पोरेलले २२ बलमा ४२ रनको योगदान दिए । एसआरएचका टी नटराजनले ४ विकेट लिए । नितिश रेड्डी र मयंक मार्कण्डेले २–२ विकेट लिए ।