• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी अलराउन्डरले भने– यो पाकिस्तान क्रिकेटको सबैभन्दा तल्लो स्तर हो ★   धनुषाबाट आठ दिनदेखि बेपत्ता महिलाको शव फेला ★   नेप्से परिसूचक १७ अङ्कले घट्यो ★   मधेस प्रदेशको बजेट २२ करोडले घट्यो ★   चित्रबहादुर केसीको दाबी: संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो ★   बंगलादेशसँग १० वर्षअघिको बदला लिने धुनमा नेपाल ★   पाप मोचन गर्ने धार्मिक विश्वासमा मनाइने पर्व गङ्गादशहरा ★   एघार महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च ★   बजेटले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन: सांसद जबरा ★   देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्‍याउन प्रस्ताव

हैदराबादको लगातार चौंथो जित, दिल्लीलाई ६७ रनले हरायो



काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को चालू सिजनमा सनराइजर्स हैदराबादले लगातार चौथो जित हात पारेको छ । टोलीले लिगको ३५औं खेलमा दिल्ली क्यापिटल्सलाई ६७ रनले पराजित गरेको हो ।

यो जितसँगै सनराइजर्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने दिल्ली एक स्थान झर्दै सातौं स्थानमा पुगेको छ ।

शनिबार अरुण जेटली स्टेडियममा दिल्लीले टस जितेर पहिले बलिङ रोजेको थियो । हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर २६६ रन बनायो । टोलीले सिजनमा तेस्रो पटक २५० भन्दा बढी रन बनाएको छ । जवाफमा दिल्लीको टोली १९.१ ओभरमा १९९ रनमा अलआउट भयो ।

खेलको प्लेयर अफ दि म्याच ट्राभिस हेड भए । उनले ३२ बलमा ८९ रनको इनिङ खेले । हेडको इनिङ्समा ११ चौका र ६ छक्का समावेश थियो ।

टस हारेर ब्याटिङमा उत्रिएको हैदराबादका ओपनर ट्राभिस हेडले ३२ बलमा ८९ रन बनाए भने अभिषेक शर्माले १२ बलमा ४६ रनको इनिङ खेले । यी दुईबीच १३१ रनको ओपनिङ साझेदारी थियो । त्यसपछि शाहबाज अहमदले अविजित ५९ र नितिश कुमार रेड्डीले ३७ रन बनाए । दिल्लीका कुलदीप यादवले ४ विकेट लिए । अक्षर पटेलले एक विकेट लिए ।

रन चेसमा दिल्लीका लागि ज्याक फ्रेजर–म्यागर्कले १८ बलमा ६५ रन बनाए भने कप्तान ऋषभ पन्तले ३५ बलमा ४४ र अभिषेक पोरेलले २२ बलमा ४२ रनको योगदान दिए । एसआरएचका टी नटराजनले ४ विकेट लिए । नितिश रेड्डी र मयंक मार्कण्डेले २–२ विकेट लिए ।