२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैदराबादको लगातार चौंथो जित, दिल्लीलाई ६७ रनले हरायो



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को चालू सिजनमा सनराइजर्स हैदराबादले लगातार चौथो जित हात पारेको छ । टोलीले लिगको ३५औं खेलमा दिल्ली क्यापिटल्सलाई ६७ रनले पराजित गरेको हो ।

यो जितसँगै सनराइजर्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने दिल्ली एक स्थान झर्दै सातौं स्थानमा पुगेको छ ।

शनिबार अरुण जेटली स्टेडियममा दिल्लीले टस जितेर पहिले बलिङ रोजेको थियो । हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर २६६ रन बनायो । टोलीले सिजनमा तेस्रो पटक २५० भन्दा बढी रन बनाएको छ । जवाफमा दिल्लीको टोली १९.१ ओभरमा १९९ रनमा अलआउट भयो ।

खेलको प्लेयर अफ दि म्याच ट्राभिस हेड भए । उनले ३२ बलमा ८९ रनको इनिङ खेले । हेडको इनिङ्समा ११ चौका र ६ छक्का समावेश थियो ।

टस हारेर ब्याटिङमा उत्रिएको हैदराबादका ओपनर ट्राभिस हेडले ३२ बलमा ८९ रन बनाए भने अभिषेक शर्माले १२ बलमा ४६ रनको इनिङ खेले । यी दुईबीच १३१ रनको ओपनिङ साझेदारी थियो । त्यसपछि शाहबाज अहमदले अविजित ५९ र नितिश कुमार रेड्डीले ३७ रन बनाए । दिल्लीका कुलदीप यादवले ४ विकेट लिए । अक्षर पटेलले एक विकेट लिए ।

रन चेसमा दिल्लीका लागि ज्याक फ्रेजर–म्यागर्कले १८ बलमा ६५ रन बनाए भने कप्तान ऋषभ पन्तले ३५ बलमा ४४ र अभिषेक पोरेलले २२ बलमा ४२ रनको योगदान दिए । एसआरएचका टी नटराजनले ४ विकेट लिए । नितिश रेड्डी र मयंक मार्कण्डेले २–२ विकेट लिए ।