१२ श्रावण २०८३, मंगलवार
,
Latest
झापामा मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैदराबाद र बैंगलोरका खेलमा बनेका यस्ता कीर्तिमानहरु



अ+ अ-

एजेन्सी । कप्तान फाफ डुप्लेसिस र दिनेश कार्तिकको शानदार इनिङ्सका बाबजुद रोयल च्यालेन्जर्स बैंगलोर ९आरसीबी०ले सनराइजर्स हैदरावादविरुद्ध आईपीएलको सबैभन्दा ठूलो लक्ष्य पछ्याउन सकेन ।

पहिले ब्याटिङ गरेको हैदरावादले ट्राभिस हेडको शतक र हेनरिक क्लासेनको अर्धशतकको मद्दतले २० ओभरमा तीन विकेट गुमाएर २८७ रनको विशाल योगफल बनाएको थियो ।

आईपीएलको इतिहासमा यो सबैभन्दा ठूलो स्कोर हो । जवाफमा आरसीबीले पनि उत्कृष्ट ब्याटिङ गर्‍यो तर लक्ष्य यति ठूलो थियो कि टोली २५ रनले पछि पर्यो ।

यो खेलमा यस्ता कीर्तिमानहरु बने जसबारे यहाँ चर्चा गरौँ ।

टी २० खेलमा सर्वाधिक बाउन्ड्री प्रहार

हैदरावाद र आरसीबीबीचको खेलमा ४३ चौका र ३८ छक्का सहित कुल ८१ बाउन्ड्री प्रहार गरिएको थियो । यो आईपीएल इतिहासमा संयुक्त सर्वाधिक बाउन्ड्रीको रेकर्ड हो । गत वर्ष सेन्चुरियनमा वेस्ट इन्डिज र दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी–२० खेलमा ४६ चौका र ३५ छक्कासहित ८१ चौका प्रहार गरिएको थियो ।

खेलमा ५४९ रन बन्यो

आरसीबी र हैदरावादबीचको यस खेलको दुवै इनिङ्समा कुल ५४९ रन बनेको थियो, जुन एक कीर्तिमान हो । यसअघि कुनै पनि टी–२० म्याचमा दुवै इनिङमा मिलेर यति धेरै रन बनाइएको थिएन ।

यसअघि आईपीएलको सोही सिजनमा हैदरावाद र मुम्बई इन्डियन्सबीच भएको खेलमा दुवै इनिङ्समा ५२३ रन बनेको थियो, जुन टी–२० इतिहासमा सर्वाधिक थियो तर आरसीबी र हैदरावादबीचको खेलमा यो रेकर्ड पनि तोडिएको छ ।

पावरप्लेमा आरसीबीको ठूलो स्कोर
पावरप्लेको अन्त्यसम्म आरसीबीले ७९ रन जोडेको थियो । यो आरसीबीको आईपीएल इतिहासमा सबैभन्दा ठूलो पावरप्ले स्कोर हो ।

हैदराबाद सबैभन्दा छिटो २०० रन पूरा गर्ने तेस्रो टोली
यस खेलमा हैदरावादले आफ्नो तूफानी ब्याटिङलाई निरन्तरता दिँदै १४.६ ओभरमा २०० रनको अंक पूरा गर्‍यो । आईपीएलको इतिहासमा हैदरावाद टिम सबैभन्दा छिटो २०० रन पूरा गर्ने तेस्रो टिम बनेको छ । यस प्रतियोगितामा सबैभन्दा छिटो २०० रन पूरा गर्ने कीर्तिमान आरसीबीको नाममा छ, जसले सन् २०१६ मा पञ्जाब किंग्सविरुद्ध १४.१ ओभरमा बनाएको थियो ।

आईपीएल इतिहासमा सबैभन्दा महँगो स्पेल
आरसीबीका बलर रीस टोपलीले टिमलाई पहिलो सफलता दिलाएका होलान् तर उनी आईपीएल इतिहासमा सबैभन्दा महँगो स्पेल गर्ने तेस्रो बलर बनेका छन् । उक्त खेलमा टोपलीले चार ओभरमा ६८ रन दिएर एक विकेट लिए । उनी आइपिएलमा सबैभन्दा महँगो स्पेल गर्ने विदेशी खेलाडी बनेका छन् ।

यसअघि यो नचाहेको कीर्तिमान मुजीब जद्रानको नाममा थियो जसले २०१९ मा हैदरावादविरुद्ध ६६ रन दिएका थिए । आईपीएलमा सबैभन्दा महँगो स्पेलको कीर्तिमान बासिल थाम्पीको नाममा छ, जसले २०१८ मा आरसीबीविरुद्ध ७० रन दिएर एक विकेट लिन सकेनन् ।