• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
  •   Unicode
Logo
Latest
★   मुस्लिम संघबाट हजयात्रीको बिदाई ★   गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि ★   हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान फोटो फिचर ★   जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश ★   घट्यो पेट्रोल ,डिजेल र मट्टितेलको मुल्य ★   क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्ने बाटो खुला ★   सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको तयारी ★   मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु – सन्दीप लामिछाने ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन काँग्रेसमाथि सत्तारुढ प्रमुख तीन दलको दबाब ★   जिल्ला अदालतको फैसला उच्चले उल्टायो, सन्दीप लामिछाने निर्दोष ठहर

रोहितको शतकका बाबजुद चेन्नईसँग २० रनले हार्यो मुम्बई



काठमाडौँ । चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई २० रनले पराजित गर्दै अंक तालिकामा ८ अंकसहित कोलकाता नाइट राइडर्ससँग बराबरी गरेको छ ।

टोली ०.७२६ को नेट रनरेटका साथ अंक तालिकामा तेस्रो स्थानमा छ । योसँगै मुम्बई चार अंकसहित आठौं स्थानमा छ ।

आइतबार भएको आईपीएलको २९ औँ खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा चार विकेट गुमाएर २०६ रन बनाएको थियो । जवाफमा मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १८६ रनमात्रै बनायो ।

यो खेलमा मुम्बईले बलियो सुरुवात गरेको थियो । इशान किशन र रोहित शर्माबीच पहिलो विकेटका लागि ७० रनको साझेदारी भएको थियो । मथिसा पथिरानाले एमआई विरुद्ध घातक बलिङ गरे । उनले यो खेलमा चार विकेट लिए ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सूर्यकुमार यादव २१ वर्षीय बलरबाट शून्य रनमै आउट भए । उनी खाता नखोली नै प्याभिलियन फर्किए । त्यसपछि तिलक वर्मा र रोहितबीच तेस्रो विकेटका लागि ६० रनको साझेदारी भयो ।

उनले पाँच चौकाको मद्दतले ३१ रन बनाउन सफल भए । यो खेलमा हार्दिक पाण्ड्याको ब्याटले काम गरेन । उनी जम्मा दुई रन बनाएर आउट भए । तुषार देशपाण्डेले उनलाई आफ्नो शिकार बनाए । चेन्नईविरुद्ध टिम डेभिड १३ रन, रोमारियो शेफर्डले एक रन र मोहम्मद नाबी ४ रनमा अविजित रहे ।

यो खेलमा मुम्बई इन्डियन्सका पूर्वकप्तान रोहित शर्माले दमदार प्रदर्शन गर्दै आईपीएल करियरको दोस्रो शतक प्रहार गरेका थिए । उनले आफ्नो शतक ६० बलमा पूरा गरे । यस खेलमा ३६ वर्षीय ब्याट्सम्यानले ६३ बलमा ११ चौका र पाँच छक्काको मद्दतमा १०५ रन बनाएका थिए । तर, उनले आफ्नो टोलीलाई लगातार तेस्रो जित दिलाउन सकेनन् ।

चेन्नईका लागि यो खेलमा मथिशा पाथिरानाले ४ विकेट लिए भने तुषार देशपाण्डे र मुस्ताफिजुर रहमानले एक-एक विकेट लिए ।

त्यसअघि ऋतुराज गायकवाड र शिवम दुबेले अर्धशतक बनाएका थिए । चेन्नईको सुरुवात राम्रो हुन सकेन । ओपनिङमा ब्याटिङमा आएका अजिंक्य रहाणे मात्र ५ रन बनाएर प्याभिलियन फर्किए । रचिन रविन्द्रले पनि २१ रनमात्रै बनाउन सके ।

यसपछि दुबे र गायकवाडबीच तेस्रो विकेटका लागि ९० रनको साझेदारी भयो, जसलाई हार्दिक पाण्ड्याले तोडेका थिए । उनले १५० रनको स्कोरमा चेन्नईका कप्तानलाई आउट गरे । यस खेलमा रुतुराजले ४० बल सामना गर्दै ६९ रन बनाए । यस क्रममा उनको ब्याटबाट पाँच चौका र पाँच छक्का निस्केका थिए ।

टोलीलाई चौथो झट्का डेरिल मिचेलको रुपमा परेको थियो । उनी १७ रन बनाएर फर्किए । पाण्ड्याले उनलाई अन्तिम ओभरको पहिलो बलमा नाबीको हातमा क्याच आउट गराए । छैटौं नम्बरमा ब्याटिङ गर्न आएका महेन्द्र सिंह धोनीले अन्तिम चार बलमा २० रन बनाए । उनले लगातार तीन बलमा तीन छक्का प्रहार गरे । यस अवधिमा उनको स्ट्राइक रेट ५ सय थियो । धोनीलाई मैदानमा देखेर फ्यानहरु निकै उत्साहित बनेका थिए ।