४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर मेयर्स कप क्रिकेटः एपिएफ फाइनलमा प्रवेश



अ+ अ-

काठमाडौँ । ललितपुर मेयरर्स कप क्रिकेट–२०८१ अन्तर्गत आज भएको खेलमा शसस्त्र प्रहरी बलको (एपिएफ) क्लब आयोजक ललितपुर मेयर्स–११ लाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न खेलमा ललितपुरलाई आठ विकेटले पराजित गर्दै एफिएफ एक खेल अगावै प्रतियोगिताको फाइनलमा पुगेको हो । एपिएफले तीन खेलमा छ अङ्क बटुलेको छ । त्यस्तै सुदूरपश्चिमले दुई खेलमा चार अङ्क रहेको छ ।

यता ललितपुरको तीन खेलमा दुई अङ्क रहेको छ भने समान दुईरदुई खेल खेलेका कोशी प्रदेश र बागमती प्रदेश अङ्कविहीन छन् ।

आजको खेलमा ललितपुरले दिएको ७२ रनको लक्ष्य एपिएफले नौ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउदै पूरा गर्यो । एपिएफका लागि कप्तान सीता रानामगरले सर्वाधिक ५० रनको योगदान दिइन । उनले ३५ बलमा आठ चौकासहित ५० रन बनाएकी हुन् ।

त्यस्तै ममता चौधरीले २१ बलमा एक चौकासहित १६ रन बनाइन् भने इन्दु बर्मा र रोमा थापा समान एक ÷एक रनमा अविजित रहे ।

ललितपुरका लागि कृतिका मरासिनीले दुई विकेट लिइन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ७१ रनको योगफल बनाएको थियो । कप्तान पुजा महतोले सर्वाधिक २४ रन बनाइन । उनले ३९ बलमा एक चौकासहित २४ रन बनाइन् । त्यस्तै ज्योत्स्निका मरासिनीले ३९ बलमा १ चौका नै प्रहार गर्दै २१ रन जोडिन् ।

एपिएफका लागि रेखा रावल र कप्तान सीता रानामगरले समान एक रएक विकेट लिए । विभिन्न पाँच टोली सहभागी उक्त प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुँदैछ । लिग चरणका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।