२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको मुद्दामा बहस जारीः उच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा



अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको अन्तिम फैसला आज बुधबार सार्वजनिक गर्ने तयारी छ ।

यसैबीच, उच्च अदालत पाटनको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सम्बन्धित व्यक्तिबाहेक अन्यलाई अदालत मार्गमा समेत प्रवेश निषेध गरिएको छ भने भिडभाड गर्न रोक लगाइएको छ ।

लामिछानेको मुद्दामा अन्तिम फैसलाका लागि अदालतमा बहस जारी छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा हिजो हेर्दाहेर्दैमा परेको मुद्दाको सुनवाइ आज बिहान ११ बजेबाट उच्चमा सुरु भएको हो ।