२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा ‘सडक सुरक्षा र ट्राफिक व्यवस्थापन समग्र सहर समेटेर गर्नुपर्छ’ डा लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन भोटखोलावासीद्वारा तल्लो बरुण जलविद्युत् आयोजना रोक्न माग पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन म जहिल्यै हार्नेको सर्पोटर ! यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी प्रिमियर कप: नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दै



Rohit Kumar Paudel (C) of Nepal and Dipendra Singh Airee of Nepal during the ACC Men’s Premier Cup 2024 Group A match between Nepal and Malaysia held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 12, 2024. Photo by: Anshuman Akash / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE
अ+ अ-

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले शनिबार दोस्रो खेल खेल्दैछ ।

शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपालले आज शनिबार कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल र कतारबीचको खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ । शुक्रबार मलेसियाविरुद्धको पहिलो जितपछि नेपालले समूह ‘ए’ मा २ अंक जाडेको छ ।

प्रिमियर कपको समूह ‘ए’ मा रहेको नेपालले तेस्रो खेल वैशाख ३ गते हङकङसँग र चौथो खेल वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ । समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स ९युएई० छन् ।

समूहका शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल वैशाख ९ गते हुनेछ । प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–२० एसिया कपका लागि छनोट हुनेछ ।