७ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान पहिरोले विभिन्न सडक अवरुद्ध गृहमन्त्री गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने अमेरिका–इरान द्वन्द्व र सीमा क्षेत्रको तनावले अफगानी व्यापारी तथा श्रमिक मारमा सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते महिला तथा बालबालिकामाथिको हिंसाविरुद्ध साझा नागरिक पहलमा एकजुट हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते टर्की र इजरायलबीचको कुटनीतिक तनाव उत्कर्षमाः प्रधानमन्त्री नेतान्याहूविरुद्ध ‘रेड नोटिस’ जारी गर्न टर्कीको माग नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका–इरान द्वन्द्व र सीमा क्षेत्रको तनावले अफगानी व्यापारी तथा श्रमिक मारमा



अ+ अ-

काठमाडौँ। संयुक्त राज्य अमेरिका र इरानबीचको बढ्दो द्वन्द्व तथा सीमा क्षेत्रमा देखिएको तनावका कारण अफगानिस्तानका व्यापारी र श्रमिकहरूको जीविकोपार्जनमा गम्भीर संकट उत्पन्न भएको छ ।

अफगानिस्तान र इरानबीचको प्रमुख व्यापारिक नाका मानिने हेरातस्थित ‘इस्लाम कला’ मा यसको प्रत्यक्ष प्रभाव देखिएको छ ।

हेरात सहरबाट करिव १२० किलोमिटर दूरीमा रहेको इस्लाम कला नाका अफगानिस्तानको पश्चिमी क्षेत्रका लागि व्यापार र पारवहनको मेरुदण्ड मानिन्छ ।

यस नाकाबाट दैनिक हजारौँको संख्यामा यात्रुहरू र ठूलो परिमाणमा व्यापारिक मालसामान आयात–निर्यात हुने गर्दछ । तर पछिल्लो समय अमेरिका र इरानबीचको तनावले यस क्षेत्रको आर्थिक गतिविधिलाई सुस्त बनाएको छ । इ

स्लाम कला नाकामा विगत १५ वर्षदेखि मुद्रा सटहीको काम गर्दै आएका अनुभवी व्यवसायी नजीर अहमदका अनुसार द्वन्द्वका कारण व्यापारिक सामानको आपूर्तिमा कमी आएको छ र मानिसहरूको आवतजावत पनि पातलिएको छ ।

अहमदले चिनियाँ समाचार संस्था सिन्ह्वालाई दिएको जानकारीअनुसार यो तनावले सर्वसाधारणको दैनिक जीवनमा ठूलो आर्थिक बोझ थपेको छ । इरानबाट आयात हुने खाद्यान्नको मूल्यमा तिब्र वृद्धि भएको छ ।

अहमद भन्छन्, ‘ग्यास, इन्धन, चामल र खाने तेल जस्ता अत्यावश्यक वस्तुहरूको मूल्य अकासिएको छ । यसअघि १ हजार २ सय अफगानी (करिव १८.४ अमेरिकी डलर) पर्ने १६ लिटरको खाने तेलको मूल्य अहिले बढेर १ हजार ६ सय अफगानी पुगेको छ ।’

द्वन्द्वका कारण छिमेकी मुलुकहरूले समेत आर्थिक र सामाजिक दुष्परिणाम भोग्नुपरिरहेको उनको ठम्याइ छ ।

इस्लाम कला नाकामै यात्रुहरूको भारी बोक्ने काम गर्ने श्रमिक मौजनकाअनुसार अफगानिस्तान–पाकिस्तान सीमा नाकाहरू बन्द भएका कारण इस्लाम कलामा व्यापारिक चाप त बढेको छ, तर इरान–अमेरिका तनावले गर्दा श्रमिकहरूको आम्दानीमा भने गिरावट आएको छ । उनले देशमा कलकारखाना स्थापना गरी रोजगारीका अवसरहरू वृद्धि गर्न सरकारसँग माग गरेका छन् ।

यसैबीच, स्पिन बोल्डक सीमा नाकाका व्यापारी फजल मोहम्मद वतन दोस्तले विगत १० महिनादेखि आफ्नो व्यवसाय पूर्ण रूपमा ठप्प भएको बताएका छन् । नाका निरन्तर बन्द रहँदा व्यापारी, पसल सञ्चालक र मजदुरहरू बेरोजगार भएका छन् ।

वतन दोस्तकाअनुसार गत वर्ष उनले ६० जनालाई रोजगारी दिएका थिए । तर अहिले ती सबै बेरोजगार छन् । उनले सीमा नाका तत्काल सञ्चालनमा ल्याउन अपिल गरेका छन् ।

भौगोलिक र राजनीतिक रूपमा संवेदनशील अवस्थामा रहेको अफगानिस्तानका लागि छिमेकी मुलुकहरूसँगको व्यापारिक सम्बन्ध र अन्तर्राष्ट्रिय तनावले जनजीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ ।  सिन्ह्वा/न्युज एजेन्सी नेपाल