७ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान पहिरोले विभिन्न सडक अवरुद्ध गृहमन्त्री गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने अमेरिका–इरान द्वन्द्व र सीमा क्षेत्रको तनावले अफगानी व्यापारी तथा श्रमिक मारमा सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते महिला तथा बालबालिकामाथिको हिंसाविरुद्ध साझा नागरिक पहलमा एकजुट हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते टर्की र इजरायलबीचको कुटनीतिक तनाव उत्कर्षमाः प्रधानमन्त्री नेतान्याहूविरुद्ध ‘रेड नोटिस’ जारी गर्न टर्कीको माग नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते



अ+ अ-

चितवन।  भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार नाराणगढबाट रामनगरतर्फ गइरहेको मोटरसाइकल विपरीत दिशाबाट आएका ट्रक र कार एकापसमा आज बिहान ठोक्किँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१३ का २१ वर्षीय सन्देश विष्टको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका विष्टको चितवन मेडिकल कलेजमा केहीबेरअघि मृत्यु भएको हो । मोटरसाइकलमा सवार तनहुँको भानु नगरपालिका–७ का १९ वर्षीय पुकार श्रेष्ठको सोही अस्पतालमा उपचार जारी छ ।

दुर्घटनामा संलग्न सवारी चालक र सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस