७ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिका–इरान द्वन्द्व र सीमा क्षेत्रको तनावले अफगानी व्यापारी तथा श्रमिक मारमा सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते महिला तथा बालबालिकामाथिको हिंसाविरुद्ध साझा नागरिक पहलमा एकजुट हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते टर्की र इजरायलबीचको कुटनीतिक तनाव उत्कर्षमाः प्रधानमन्त्री नेतान्याहूविरुद्ध ‘रेड नोटिस’ जारी गर्न टर्कीको माग नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर  कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएसजीमाथि बार्सिलोनाको रोमाञ्चक जित



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनी क्लब बार्सिलोनाले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई पराजित गरेको छ ।

गएराति भएको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले पिएसजीलाई उसकै घरेलु मैदानमा ३-२ गोलले हरायो ।

बार्सिलोनालाई जित दिलाउन राफिन्हाले दुई तथा एन्ड्रियाज क्रीस्टेन्सेनले एक गोल गरे । पिएसजीका ओस्मान डेम्बेले र भिटिन्हाले गोल गरेपनि घरेलु टोलीको हार टार्न सकेनन् ।

अब दोस्रो लेगको खेल आगामी हप्ता बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।