१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण

इजरायलले गाजा युद्धको व्यवस्थापनमा ‘गल्ती’ गरेको अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ

इजरायलले गाजा युद्धको व्यवस्थापनमा ‘गल्ती’ गरेको अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ
अ अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासविरुद्ध इजरायलको युद्धको अहिलेसम्मकै सबैभन्दा कडा आलोचना गर्दै इजरायली दृष्टिकोणलाई ‘गलत’ भन्नुभएको छ ।

छ महिना लामो युद्धका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको भन्दै विश्वव्यापी आक्रोश बढेसँगै बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले द्वन्द्व व्यवस्थापनलाई सही दिशा दिन नसकेको बताउनुभएको छ । उहाँले गाजामा युद्धविरामको आवश्यकता दोहोर्‍याउनुभयो ।

“मलाई लाग्छ, उहाँले जे गरिरहनुभएको छ, त्यो गल्ती हो । म उहाँको दृष्टिकोणसँग सहमत छैन,” बाइडेनले स्पेनी भाषाको टिभी नेटवर्क युनिभर्सियनलाई दिएको अन्तर्वार्तामा भन्नुभयो ।

उहाँले नेतन्याहूलाई ‘युद्धविरामका लागि आह्वान गर्न, आगामी छदेखि आठ हप्ताका लागि अनुमति दिन र देशमा जाने सबै खाद्यान्न र औषधिमा पूर्ण पहुँच प्रदान गर्न’ आग्रह गर्नुभयो ।

अमेरिका, कतारी र इजिप्टका मध्यस्थकर्ताहरूले युद्धविराम र बन्धक मुक्त सम्झौतामा प्रगति खोजिरहेका बेला बाइडेनको यो टिप्पणी आएको हो जसले गाजा पट्टीमा बढ्दो भोकमरी सङ्कटलाई सम्बोधन गर्न सहायता वितरण बढाउने प्रस्ताव पनि गर्नुभएको छ ।

इजरायलले सहायतामा कुनै प्रतिबन्ध नलगाएको र अमेरिका र संयुक्त राष्ट्रसङ्घको मागलाई पालना गरेको जनाएको छ ।

मानवीय सामग्रीको प्रवाह बढाउन कदम चाल्न इजरायल सरकारको नाममासर्वोच्च अदालतबाट बुधबारसम्मको समयसीमा तोकिएको छ ।

इजरायलले राहत सामग्रीको प्रवेशमा प्रतिबन्ध लगाएको र गाजावासीलाई आधारभूत आवश्यकता प्रदान गर्न असफल भएको आरोप लगाउने पाँच गैरसरकारी संस्थाहरूले यो मुद्दा उठाएका थिए ।

प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय यूएनआरडब्लुएले मङ्गलबार भनेको छ, “अनिकालको खबर पछि फेब्रुअरी र मार्चमा ४० प्रतिशतभन्दा बढी खाद्यान्न वितरण अभियानलाई बञ्चित गरिएको छ । मार्चपछि कुनै पनि यूएनआरडब्लुएका खाद्य सामग्री बोकेका गाडीलाई अनुमति दिइएको छैन ।”

मानवतावादीहरूले इजरायलले गाजामा भोकमरीलाई युद्धको विधिको रूपमा प्रयोग गरेको आरोप लगाएका छन्, जहाँ संयुक्त राष्ट्रसङ्घका विशेषज्ञहरूले गाजाको जनसङ्ख्याको भण्डै आधा अर्थात् ११ लाख व्यक्तिले ‘घातक’ खाद्य असुरक्षाको सामना गरिरहेको बताएका छन् ।

कोगाट नामक समुद्रपार आपूर्ति गर्ने इजरायली निकायका अनुसार आइतबार र सोमबार ७४१ वटा सहायता ट्रक गाजा प्रवेश गरेका छन् भने मङ्गलबार थप ४६८ वटा ट्रक गाजा प्रवेश गरेका छन् ।

अक्टोबर ७ मा युद्ध सुरु हुनुअघि दैनिक करिब ५०० ट्रकले गाजालाई आपूर्ति गर्थे ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९यूएसएआईडी० की प्रशासक सामन्था पावरले पछिल्ला दिनहरूमा गाजामा आपूतिका लागि समुद्री क्षेत्रमा परिवर्तन देखिएको तर इजरायलले अझै धेरै गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले मङ्गलबारको सुनुवाइका क्रममा अमेरिकी सांसदहरूसँग भन्नुभयो, “गाजा र सुपरमार्केटमा अनिकालजस्तो अवस्था छ भने खाद्यान्न प्रवेशका लागि बाटो अवरोध हुँदा केही किलोमिटर टाढा खाद्यान्नको ह्रास लागेको छ ।”

ह्वाइट हाउसले इजरायलले युद्धविरामका लागि ‘केही कदम अघि बढाएको’ बताएको छ भने हमासको प्रतिक्रिया ‘उत्साहजनक भन्दा कम’ रहेको बताएको छ ।

पछिल्लो प्रस्तावअनुसार छ हप्तासम्म युद्ध रोकिने, गाजामा रहेका करिब ४० महिला र बालबालिकालाई इजरायलले बन्धक बनाएका सयौं प्यालेस्टाइनी कैदीसँग आदानप्रदान गर्ने र दैनिक ५०० सम्म सहायता ट्रक गाजा प्रवेश गर्ने हमासको स्रोतले जनाएको छ ।

हमासका नेता इस्माइल हनियेहले इजरायलले युद्ध अन्त्यको मागलाई सम्बोधन गर्न असफल भएको आरोप लगाउनुभएको छ भने इजरायली प्रधानमन्त्री नेतन्याहूले इजरायलले ‘आफ्ना सबै बन्धकहरूलाई’ घर फर्काउने र गाजा क्षेत्रबाट लडाकूहरूलाई हटाउने दोहोरो लक्ष्य हासिल गर्नुपर्ने बताउनु भएको छ ।