• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी ★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न अनुसन्धानको महत्वपूर्ण भुमिका हुन्छ: उपप्रधनमन्त्री यादव



काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न र दिगो विकासका लक्ष्यहरु हाँसिल गर्न अनुसन्धानको महत्वपूर्ण भुमिका हुने बताउनुभएको छ ।

बुधवार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३ औं वार्षिकोत्सव समारोहमा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले स्वास्थ्य अनुसन्धानले महत्वपूर्ण तथ्य प्रमाण्का आधारमा विश्वव्यापी स्वास्थ्य चुनौतिहरुको सामना गर्दै दिगो विकासका लक्ष्य प्राप्ति गर्न हाम्रा प्रयासहरुलाई मार्गदर्शन हुने बताउनु भयो । उहाँले स्वास्थ्य अनुसन्धानले हामीलाई उदयमान स्वास्थ्य क्षेत्रका नयाँ प्रविधि र समस्याहरु पहिचान गरी समयमै सम्भावित विकल्पहरु आँकलन गर्न सक्षम बनाउने बताउनु भयो । उहाँले अनुसन्धानले दिगो विकास लक्ष्यको मुल सिद्धान्तअनुरुप स्वास्थ्य क्षेत्रमा विद्यमान असमानताहरुलाई सम्बोधन गर्दै समताको प्रवद्र्धन गर्न महत्वपूर्ण भुमिका खेल्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न र दिगो विकासका लक्ष्यहरु हाँसिल गर्न अनुसन्धानको महत्वपूर्ण भुमिका हुन्छ । स्वास्थ्य अनुसन्धानले महत्वपूर्ण तथ्य प्रमाण्का आधारमा विश्वव्यापी स्वास्थ्य चुनौतिहरुको सामना गर्दै दिगो विकासका लक्ष्य प्राप्ति गर्न हाम्रा प्रयासहरुलाई मार्गदर्शन गर्दछ । स्वास्थ्य अनुसन्धानले हामीलाई उदयमान स्वास्थ्य क्षेत्रका नयाँ प्रविधि र समस्याहरु पहिचान गरी समयमै सम्भावित विकल्पहरु आँकलन गर्न सक्षम बनाउँछ । साथै अनुसन्धानले दिगो विकास लक्ष्यको मुल सिद्धान्तअनुरुप स्वास्थ्य क्षेत्रमा विद्यमान असमानताहरुलाई सम्बोधन गर्दै समताको प्रवद्र्धन गर्न महत्वपूर्ण भुमिका खेल्छ ।’

उहाँले स्वास्थ्य क्षेत्रको विकास बिना समृद्धि, समाजवाद र विकासको कल्पना गर्न नसकिने बताउनु भयो ।