१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल

सबै धर्मको अर्थ शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापना: राष्ट्रपति

सबै धर्मको अर्थ शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापना: राष्ट्रपति
अ अ+ अ-

धरान । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिमा जो जसले गठबन्धन बनाए पनि मुलुकको विकास र सुशासन प्रवद्र्धनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्नेमा जोड दिनुभएको छ ।

आजदेखि यहाँ सुरु भएको १२ वर्षे कुम्भमेलाको उद्घाटन तथा उहाँको सम्मानमा गरिएको नागरिक अभिनन्दन ग्रहण गर्दै राष्ट्रपति पौडेलले निमुखा जनताको निर्बाध स्वतन्त्रता उपयोग गर्न पाउनुपर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रको दर्शनलाई सबैले आत्मसात् गर्न आग्रह पनि गर्नुभयो ।

“जनता आफैँले बनाएको संविधानमा व्यवस्था भएका सबै अधिकारले निमुखा जनतालाई निर्बाध स्वतन्त्रता उपयोग गर्ने विषयलाई नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य मानेको छ”, उहाँले भन्नुभयो, “यो दर्शनलाई आत्मसात् गर्दै राजनीतिमा जो–जो जताजता भए पनि दिगो विकास, सुशासन र मुलुकको समृद्धिका लागि सबैको एउटै मूलमन्त्र र एउटै गठबन्धन हुन आवश्यक छ ।”

उहाँले कुम्भ प्रारम्भ भएको आजको यो पवित्र दिनले गणतन्त्रले बोकेको दर्शनलाई सार्थक रूप दिन हामी सबैलाई सत्पे्ररणा मिलोस् भन्ने कामना गर्नुभयो ।

राष्ट्रपति पौडेलले धर्मको अर्थ विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापना गर्नुभएको र बुद्ध, ईशा र हजरत महमदले पनि यही भनेको उल्लेख गर्दै वैदिक मन्त्र द्रष्टाहरूले हजार वर्षपहिले नै अहिलेको विश्वको कोलाहल र जलवायु परिवर्तनको समस्याको त्यतिबेलै समाधानबारे उल्लेख गरेको विचार व्यक्त गर्नुभयो ।

“धर्मको अर्थ विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापना गर्नु हो । बुद्ध, ईशा र हजरत महमदले यही भनेका हुन् । आर्य वैदिक सनातनीहरूले हजारौँ वर्ष पहिलेदेखि भन्दै आएको कुरा हो यो । वेदमा भनिएको छ, ‘ॐ द्यौ शान्तिरन्तरिक्ष: शान्ति: रापशान्ति:।।।इत्यादि’, राष्ट्रपति पौडेलले भन्नुभयो, “त्यो बेला आजको जस्तो जलवायु परिवर्तन भएको थिएन । सायद हाम्रो वरपरको वातावरण प्रदूषित भइसकेको थिएन । तैपनि वैदिक मन्त्र द्रष्टाहरूले हावा, पानी, माटो र वायुमण्डल एवं वनवृक्षहरू समेतको शान्तिको कामना गरे । त्यतिमात्र हैन विश्वदेवा शान्ति, ब्रह्म शान्तिसम्मको आराधना गरे । त्यसैले अबको युग वैदिक संस्कृतिको पुनरुत्थानको युग मान्दा र त्यो अनुसारको चिन्तन र आचरणमा चल्न सक्ने हो भने आजको जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कलहको समेत समाधान भेटिनेछ भन्ने मलाई लाग्छ ।”

उहाँले त्यतिमात्र नभएर पूर्वीय दर्शनले अभिप्रेरित गरेको सबै जात, जाति, धर्म, सम्प्रदाय, भाषाभाषीबीचको समभाव र एकता नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पनि मूल लक्ष्य भएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले ऋषिमहर्षिहरूको तपोभूमि, देवदेवीहरूको क्रिडास्थली, एक पवित्र तीर्थस्थल बराहक्षेत्रको वक्षस्थलमा रहेको प्राचीन हरिद्वार चतराधामको पवित्र कुम्भ नगरीमा सहभागी हुन पाउँदा सुखानुभूति भएको उल्लेख गर्दै चतराधाम नेपालका चार धाममध्येको एक धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मात्र होइन विश्वकै चार पवित्र क्षेत्रमध्येको एक मानिएको पनि बताउनुभयो ।

राष्ट्रपति पौडेलले नेपाल भौगोलिक, आध्यात्मिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले उच्चतम स्थान भएको र हिमालयको काखमा अवस्थित सुन्दर र शान्त नेपालमा कैयौँ महिमामय प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिकस्थल तथा प्रकृतिको वरदानका रुपमा प्रशस्त नदीनाला, हिमशृङ्खला, तालकुण्ड, आश्रम वा तपोभूमिहरू रहेको उल्लेख गर्दै परापूर्वकालदेखि नै हिमशृङ्खलाबाट उद्गम भएर बग्ने पवित्र नदीहरूको प्रवाह, महान् व्यक्तित्वहरूको जन्म, तपसाधना र उहाँहरूबाट मानवजातिको सर्वोत्तम हितका लागि व्यक्त विचारका कारण यसको आफ्नै महत्व र महिमा रहँदै आएको पनि बताउनुभयो ।

राष्ट्रपति पौडेलले आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन, विभिन्न जातजाति, धर्म, लिङ्ग र सम्प्रदायका व्यक्तिलाई एकै सूत्रमा बाँध्न सक्ने, राष्ट्रियता, राष्ट्रिय एकता, स्वतन्त्रता र सार्वभौमिकताको संरक्षण, संवद्र्धन गर्न सकिने उद्देश्य राखेर आयोजना गरिएको कुम्भ मेला नेपालकै गौरव भएको बताउँदै गौरवपूर्ण यो अवसरलाई सदुपयोग गर्दै धार्मिक पर्यटकीय गन्तव्यको विकास गर्ने कार्यमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले विभिन्न देशका भक्तजनरू एकै ठाउँमा भेला भई विद्वत् सम्मेलन गर्ने, कुम्भ मेलाकै अवसरमा सामूहिक व्रतबन्ध गर्ने, साहित्यिक गतिविधिहरू सञ्चालन गरिनुले सामाजिक जागरणमा समेत सकारात्मक भूमिका खेल्ने अपेक्षा पनि व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले स्वस्थ र सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाजको निर्माण गर्ने तथा सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक, सद्भाव, ऐक्यबद्धता र सामञ्जस्य कायम गरी राष्ट्रिय एकता सुदृढ गर्ने राज्यको सामाजिक र सांस्कृतिक उद्देश्यलाई साकार रुप दिन आवश्यक भएको पनि बताउनुभयो ।

“यस क्षेत्रको संरक्षण र संवद्र्धन तथा समग्र विकासका लागि विस्तृत अध्ययन गरी गुरुयोजना तयार गर्ने र अल्प, मध्य तथा दीर्घकालीन रुपमा गरिनेसहित पूर्वाधार निर्माणका काम गर्नुपर्ने आवश्यकता मैलै देखेको छु”, उहाँले भन्नुभयो, “तीनै तहका सरकारले आफ्नो बजेट, नीति तथा कार्यक्रमभित्र समावेश गरी यस्ता धार्मिक तथा ऐतिहासिक क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रका रुपमा विकास गरी मुलुकको समृद्धिमा योगदान पुर्‍याउन सकिने पनि मैले ठानेको छु ।”

उहाँले स्कन्दपुराणको हिमाद्रि खण्डको अध्ययनपश्चात् अमृतका थोपा मात्र झरेका ठाउँमा मित्रराष्ट्र भारतका चार स्थानहरू प्रयाग, नासिक, उज्जैन र हरिद्वारमा कुम्भमेला लागिरहेको सन्दर्भमा नेपालमा अमृतको तर बटारेर पिण्ड नै राखेको ठाउँमा कुम्भमेला लगाउनु झन् युक्तिसङ्गत हुन्छ भन्ने शास्त्रार्थ गरेर शङ्काराचार्य, जगद्गुरु, धर्माचार्य एवं विशिष्ट सन्त, महन्तसमेतलाई सहभागी गराई नेपालको कुम्भलाई विश्वकै कुम्भका रुपमा स्थापित गराउन गर्नुभएको प्रयासका लागि जगत्गुरुको प्रशंसा पनि गर्नुभयो ।

यसैबीच, राष्ट्रपतिले श्रीराधा सर्वेश्वर मन्दिरमा दर्शन तथा पूजा, अर्चना गर्नुभयो भने त्यहाँ निर्माण गरिएको आचार्य केशवशरण स्मृति भवनको समुद्घाटन पनि गर्नुभएको थियो ।

महाकुम्भ मेलाको सफलताको शुभकामना व्यक्त गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कुम्भमेलाले बराहक्षेत्रको आर्थिक समृद्धिका लागि पनि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले सरकारले यस्ता धार्मिक मेलाहरुलाई सामान्य पूजाआजाका रुपमा मात्र नलिई यसले देशकै पर्यटन तथा आर्थिक गतिविधि चलायमान बनाउने अवसरका रुपमा लिएर सहयोग गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकार सबै संस्कृति, भाषा, धर्मको संरक्षक हो । त्यसैले भौतिक विकास मात्र होइन मानवीय विकासमा पनि कोशी प्रदेश सरकारले विभिन्न क्षेत्रका धार्मिक क्षेत्रको विकासमा सहयोग गरिरहेको छ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलगायतले महाकुम्भको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो । कुम्भमेलाका संस्थापक तथा नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले शास्त्रहरुमा चतरामा कुम्भमेला लगाउने प्रशस्त आधार भेटिएकाले यहाँ कुम्भमेला लगाउन सुरु गरिएको बताउनुभयो ।   उहाँले कुम्भमेलामा सहभागी बन्न सबै नेपालीमा आह्वान गर्नुभयो ।

विसं २०८१ वैशाख २८ गतेसम्म सञ्चालन हुने महाकुम्भ मेलामा देश विदेशबाट करिब ३० लाख दर्शनार्थी सहभागी हुने आयोजकको अनुमान छ । विगतमा भारतका विभिन्न स्थानमा मात्र कुम्भमेला लाग्ने गरेकोमा २०५९ सालबाट सुनसरीको चतरामा पनि कुम्भमेला लाग्न थालेको हो । चतरामा हरेक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्ण कुम्भमेला लाग्ने गरेको छ ।

हनुमान कथा वाचन

महाकुम्भकै अवसरमा चतरास्थित रामानन्दाचार्य सेवा पीठले पनि आजबाट नवरात्र अनुष्ठान सुरु गरेको छ । अनुष्ठानअन्तर्गत रामचरित मानस नवपाठ परायण, वाल्मीकि रामायणपाठ, दुर्गासप्तसती चण्डीपाठ, राम पञ्चाङ्ग, चन्द्रकला सखीबाट राम कथा वाचनलगायत कार्यक्रम सुरु गरेको छ ।

पीठले वैशाख १ देखि सङ्कटमोचन श्रीहनुमद महायज्ञ गर्ने र वैशाख ५ मा पीठको निमन्त्रणमा भारतको बागेश्वर धामका कथावाचक धीरेन्द्र शास्त्री (बागेश्वर सरकार) सहभागी हुने कार्यक्रम छ । शास्त्रीले चतरामा वैशाख ९ गतेसम्म हनुमान कथा वाचन गर्ने आयोजकले जनाएको छ ।