८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगित



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।

मंगलबार बसेको बैठकमा कांग्रेसले संसद् अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

त्यसपछि सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । बैठकमा सहमति नजुटेपछि बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गरेर संसद् अवरोध गर्दै आइरहेको छ ।