• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपका लागि अष्ट्रेलियाको टोलीमा आउन सक्नेछन् फ्रेजर म्याकगर्क ★   यामी–आदित्यलाई पुत्रलाभ, के राखे छोराको नाम ? ★   प्रधानमन्त्रीलाई काँग्रेसको जवाफ: तपाईंलाई जंगलबाट राजनीतिमा काँग्रेसले ल्याएको हो ★   रविलाई काँग्रेसको चेतावनी: काँग्रेसमाथिका लाञ्छना प्रमाणित गर्न नसके परिणाम राम्रो हुँदैन ★   सभामुखको कुर्सीमा पार्टीको कार्यकर्ता देख्यौँ: प्रमुख सचेतक शाही ★   नेपाली काँग्रेसले आउँदो चुनावमा आजको मूल्य चुकाउँछ: प्रधानमन्त्री दाहाल ★   सभामुखसँग प्रतिनिधि सभा बैठक सञ्चालन गर्नुको विकल्प थिएन: मन्त्री गिरी ★   काँग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्‍यो: गृहमन्त्री लामिछाने ★   संसदमा सभामुख पार्टी विशेषको कार्यकर्ताको रुपमा प्रश्तुत भए: काँग्रेस ★   प्रिमियर लिगमा कसले कुन अवार्ड पाए ?

राष्ट्रपतिद्वारा छिन्नमस्ता मन्दिरमा पूजाअर्चना



राजविराज । राष्ट्रपति रामचन्द्र पौडेलले आज विहान यहाँस्थित प्रसिद्व शक्तिपीठ छिन्नमस्ता मन्दिरमा दर्शन तथा पूजा अर्चना गर्नुभएको छ । छिन्नमस्ता गाउँपालिका–३ मा रहेको धार्मिक एवम पर्यटकीय क्षेत्र छिन्नमस्ता भगवती मन्दिरमा राष्ट्रपति पौडेलले बिशेष पूजा गर्नुका साथै टीका, फूल तथा प्रसाद ग्रहण गर्नुभयो ।

राष्ट्रपति पौडेललाई मन्दिर परिसरमा सांसद, स्थानीय सुरक्षा अधिकारी, गाउँपालिका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गर्नुभएको थियोे । सो अवसरमा गाउँपालिका अध्यक्ष विधानन्नद चौधरीले राष्ट्रपति पौडेललाई मायाको चिनो प्रदान गर्नुभयो ।

मन्दिर दर्शनपछि आयोजित समारोहमा राष्ट्रपति पौडेलले छिन्नमस्ता तराई–मधेसको प्राचीन र ऐतिहासिक शक्तिपीठ भएको बताउँदै यस्तो पवित्र भूमिमा राष्ट्रको अभिभावकीय रूपमा आउन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले कोशी–कमला डाइभर्सनको काम सम्पन्न गरेर यो क्षेत्रमा कृषि क्रान्ति गर्न जÞरूरी रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सप्तरी मेरो मुटुमा छ । यो जिल्लाको हरेक कुरामा म साथमा छु ।”

छिन्नमस्ता मन्दिरलाई विश्वका विभिन्न शक्तिपीठमध्ये ५२औँ शक्तिपीठका रुपमा लिइन्छ । सरकारले २०६५ सालमा नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवका उपस्थितिमा जगतगुरु बालसन्तले छिन्नमस्तालाई शक्तिपीठका रुपमा घोषणा गरेको पीठाधीश महाकान्त ठाकुरले जानकारी दिनुभयो ।

पीठाधीश ठाकुरका अनुसार करिब एक हजार वर्ष अगाडि राजा शक्रसिंहले जङ्लमा सिकार खेल्ने क्रममा पोखरे गुफाबाट छिन्नमस्तादेवीको मूर्ति फेला पारेपछि सामान्य मन्दिरका रुपमा स्थापना गर्नुभएको थियो । त्यसपछि २०३९ सालमा भारतका तत्कालीन रेलमन्त्री ललितनारायण मिश्रले हवाईजहाज दुर्घटनाबाट जोगिएको खुसीयालीमा भगवतीको पक्की मन्दिर अझ ठूलो आकारमा बनाएका थिए ।

कूल १४ बिघा क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा पोखरी र विभिन्न देवीदेवताका मन्दिरसमेत निर्माण गरिएको छ । मन्दिरमा दर्शन गरेपछि भाकल पूरा हुने जनविश्वास छ । यहाँ मासिक रुपमा नेपाल र भारतका हजारौँ भक्तजन दर्शन र पूजापाठ गर्नका लागि आउने गरेका छन् । यहाँ दैनिक खसी बोका र परेवाको बलि दिने प्रचलन छ । दसैँमा भने भव्य मेला लाग्ने गर्दछ ।