१ बैशाख २०८२, सोमबार
April 14, 2025 Monday
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय छानविन समिति गठन नगरे संसद बैठक चल्दैन: कांग्रेस



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनुपर्ने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको पार्टीको संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन नगरे संसद बैठक चल्न नदिने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मिहरुसँग बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुने बताए । उनले भने,‘तत्काल सहकारी ठगीका बारेमा संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । कांग्रेस संसद अवरोध गर्न चाहदैन, तर नेपालीकांग्रेसको माग प्रति सरकार गैरजिम्मेवार भयो भने संसद अवरुद्ध भयो भने सरकारले लिनुपर्छ ।’

कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ ।