१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल

वन डढेलोले अस्वस्थ वायु

वन डढेलोले अस्वस्थ वायु
तस्बिर : कुलदीप न्यौपाने / रासस
अ अ+ अ-

काठमाडौँ । मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायु प्रदूषण बढेको छ । डढेलोका कारण काठमाडौँ र पोखरालगायतका देशका मुख्य सहरमा वायु प्रदूषण उच्च मापन गरिएको छ ।

‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज दिउँसो विश्वका प्रदुषित सहरको सूचीमा काठमाडौँ तेस्रो स्थानमा छ । काठमाडौँको आज वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६५ छ । वातावरण अभियन्ता राजन थापाका अनुसार एक्यूआई एक सयभन्दा माथि भएमा वायु अस्वस्थकर मानिन्छ ।

“वायु गुणस्तर सूचकाङ्क ९एक्यूआई० शून्यदेखि ५० सम्म स्वस्थ्यकर, ५१ देखि एक सयसम्म मध्यम, एक सयदेखि एक सय ५० सम्म अस्वस्थ्यकर र एक सय ५० देखि दुई सयसम्मलाई अति अस्वस्थ्यकर मानिन्छ”, थापाले भन्नुभयो ।

उहाँका अनुसार आज काठमाडौँ उपत्यकामा दरबारमार्गमा एक सय ८४, खुमलटारमा एक सय ५८, भक्तपुरमा क्यान्सर अस्पतालमा एक सय ७४, रत्नपार्कमा एक सय २० एक्यूआई मापन गरिएको छ । जुन स्वास्थ्यका दृष्टिकोणले अति अस्वस्थकर भएको उहाँको भनाइ छ ।

अभियन्ता थापाका अनुसार नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलाको घटना घट्छन् । “असी प्रतिशत वन डढेलाको घटना फागुन मध्यदेखि जेठको मध्यसम्म हुने गर्छन् । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटनाहरु हुने गरेको पाइन्छ”, उहाँले भन्नुभयो, “मध्य फागुनदेखि जेठ मध्यसम्म डढेलाको घटनाहरु हुने भएकाले यो समयमा सतर्क हुनु जरुरी हुन्छ ।” उहाँले यतिबेला वन डढेलो, निर्माणधिन पूर्वाधारका साथै धुलो धुँलो, प्लाष्टिक बाल्दा तथा सवारी साधनका कारण पनि वायु प्रदूषण हुने गरेको बताउनुभयो ।

“प्रदूषण कम गर्न सडक बिस्तार तथा निर्माणका साथै सवारी साधन जाँचपासमा पनि ध्यान दिन जरुरी छ”, उहाँले भन्नुभयो, “प्रदूषण नियन्त्रणका योजनाको उचित कार्यान्वयनका आवश्यक छ ।” सडक निर्माण/बिस्तार व्यवस्थित नहुनु, सडक व्यवस्थापनको सट्टा बिस्तारमा मात्र जोड नदिनु, वातावरणमैत्री सवारी साधनलाई प्राथमिकता नदिनुलगायतका समस्याले पनि वायु प्रदूषण नियन्त्रणमा समस्या भएका उहाँको बुझाइ छ ।

मौसमविद् वरुण पौडेलले अझै एक सातासम्म वर्षाको सम्भावना नभएकाले डढेलो नियन्त्रणमा कठिनाइ हुनसक्ने बताउनुभयो । “तत्काल ठूलो वर्षा नहुने भएकाले सुक्खा बढ्ने र तातोहावा चल्ने सम्भावना छ । यसले डढेलो बढाउनसक्छ”, उहाँले भन्नुभयो ।

डढेलोविद् सुन्दर शर्माका अनुसार मुलुकभर लागेको डढेलोको असर काठमाडौँलगायतका सहरमा वायू प्रदूषण देखिएको हो । उहाँका अनुसार बढ्दो डढेलाको धुँवाका कारण वायु प्रदूषण हुने र प्रदूषणले आँखा पोल्ने समस्या हुनसक्छ ।

अमेरिकास्थित द नेशनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)को वेवसाइटको तथ्याङ्कअनुसार सोमबार दिउँसो मुलुकका विभिन्न एक सय ३० स्थानमा डढेलो लागिरहेको छ । “केही दिनदेखि नेपालमा सुक्खा बढिरहेको छ, तीन दिनयता वन डढेला पनि बढेको छ, आइतबार पनि एक सय पाँच स्थानका वनमा डढेलो लागेको थियो”, उहाँले भन्नुभयो, “बढ्दो डढेलोका कारण वायु प्रदूषण बढेको छ । सुक्खा अझै बढ्दै गए डढेलो नियन्त्रणमा समस्या आउनसक्छ ।” प्रदूषण नियन्त्रणका गर्नका लागि डढेलो नियन्त्रण गर्न जरुरी रहेको शर्माले बताउनुभयो ।

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाले वायु गुणस्तर सुधारका लागि राज्यको पर्याप्त लगानी नहुनु, मानवीय चेतनाको कमी, अन्तरनिकायबीच समन्वयको अभावले समस्या उत्पन्न भएको बताउनुहुन्छ । “विभिन्न आयोजना निर्माणका क्रममा वातावरणीय प्रभाव मूल्याङ्कनको प्रावधान, फोहोर मैला व्यवस्थापनसम्बन्धी स्थानीय सरकारका नियम, वातावरणीय मापदण्डलगायतको प्रभावकारी कार्यन्वयन नहुँदा प्रदूषण बढिरहेको छ”, उहाँले भन्नुभयो, “प्रदूषण कम गर्नका लागि मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि प्रभावकारी रुपमा अनुगमन गर्न समन्वय भइरहेको छ ।”

उहाँले पनि वन डढेलोका कारण प्रदूषण बढिरहेकाले डढेलो नियन्त्रणका लागि व्यापक प्रचारप्रसारका गतिविधि अगाडि बढाउने सरकारी नीति आवश्यक भएको बताउनुभयो ।
छातिरोग विषेशज्ञ डा निरज बमले प्रदूषणका कारण मानवीय स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन स्वास्थ्य समस्याको जोखिम रहेको बताउनुभयो । “वायु प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या आउने, रुघाखोकी लाग्ने, दम बढाउने, फोक्सोको क्यान्सर, उच्च रक्तचाप, पक्षघात, ह्दयघात हुने समस्या देखिनसक्छ”, उहाँले भन्नुभयो, “त्यसबाहेक आँखा र छाला चिलाउनेलगायतका समस्या पनि देखिन्छन् । प्रदूषणको समयमा यसप्रकारका रोगीहरु सर्तक रहन जरुरी छ ।” उहाँले प्रदूषणको समयमा सकेसम्म घरबाहिर ननिस्कन, निस्कनै परे अनिवार्य मास्कको प्रयोग गर्न र बिहानको समयमा बढी प्रदूषण हुने भएकाले ‘मर्निङ वाक’मा ढिलो गरी निस्कन आग्रह गर्नुभयो ।

काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार एक्युआई तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्का रुपमा लिइन्छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहोर नजलाउने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग बढाउने, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीहरुलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने उल्लेख गरिएको छ ।

राष्ट्रिय वातावरण नीति, २०७६ मा प्रदूषण कम गर्नका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्, चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण, जोखिमपूर्ण रसायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने उल्लेख छ । प्रमुख सहरहरू, औद्योगिक प्रतिष्ठानलगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना र सञ्चालन गर्दै वायु, जल, ध्वनि गुणस्तरको नक्शाङ्कन गरिनेछ रणनीतिमा भनिएको छ ।

औद्योगिक तथा अन्य क्षेत्रबाट निष्कासन हुने प्रदूषित पानीको प्रशोधनको व्यवस्था तथा उद्योग र अन्य व्यवसायबाट निष्कासन हुने प्रदूषणयुक्त धुँवा, धूलो, पानीलाई व्यवस्थित गर्न वातावरणमैत्री प्रविधि कार्यान्वयनमा ल्याइनेछ नीतिमा उल्लेख छ । घरभित्रको वायु प्रदूषणलाई न्यूनीकरण गर्नका लागि सौर्य तथा विद्युतीय चुल्हो, बायोग्याँस, सुधारिएको चुल्हो, चिम्नी जस्ता उपकरणहरूको प्रवद्र्धन गरिने र ऊर्जा किफायती भवन निर्माणमा जोड दिइनेछ समेत सरकारको नीति छ ।

प्रदूषण नियन्त्रणका लागि उत्सर्जन स्थल नक्साङ्कनका लागि विक्षेपण जस्ता नवीनतम विधिहरूको प्रयोग गरिने पुन:प्रयोग गर्न नमिल्ने फोहरलाई आवश्यकतानुसार फोहर बिसर्जन क्षेत्र, हानिकारक फोहर विसर्जन क्षेत्र भष्मीकरण यन्त्रको माध्यमबाट सुरक्षित तरिकाले बिसर्जन गरिने तथा औधोगिक प्रतिष्ठान, अस्पताल वा अन्य कुनै स्थान विशेषबाट निस्कने फोहरलाई एकीकृत भष्मीकरण यन्त्र स्थापना गरी विसर्जन गरिने रणनीतिमा उल्लेख गरिएको छ । रासस