५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएई छाडेर पाकिस्तान फर्किएका उस्मानलाई प्रतिबन्ध, ५ वर्ष युएईमा क्रिकेट खेल्न नपाउने



अ+ अ-

एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई)छाडेर पाकिस्तान फर्किएका ब्याट्सम्यान उस्मान खानलाई इमिरेट्स क्रिकेट बोर्ड (इसीबी)ले ५ वर्षको प्रतिबन्ध लगाएको छ ।

उस्मानले २०२९ सम्म युएईमा हुने कुनै पनि ईसीबी प्रतियोगितामा भाग लिन पाउने छैनन् । यसमा दुई ठूला प्रतियोगिता आइएलटी–२० र अबु धाबी टी–१० पनि सामेल छन् ।

ईसीबीले उस्मानले आफ्नो दायित्व उल्लङ्घन गरेको आरोप लगाएको छ । बोर्डले आफ्नो विज्ञप्तिमा उस्मानलाई बोर्डप्रतिको जिम्मेवारी विपरीत गएको भन्दै यो प्रतिबन्ध लगाइएको जनाएको छ ।

उस्मानको जन्म कराँचीमा भएको थियो, तर उनले युएईका लागि घरेलु खेलाडीको रूपमा आईएलटी– र अबु धाबी टी–१० खेले । जब उनलाई पाकिस्तानी टोलीसँग प्रशिक्षण शिविरमा बोलाइएको थियो, उनले स्वीकार गरेका छन् ।

बोर्डले एक विज्ञप्तिमा उस्मानले युएईबाट खेल्ने आफ्नो निर्णयबारे ईसीबीलाई बहकाएको बताएको छ । उनले युएईको घरेलु खेलाडीका रूपमा आईएलटी–२० र अबु धाबी टी–१० मा भाग लिएका थिए । हालै उनले पाकिस्तान सुपर लिग (पीएसएल)मा पनि विदेशी खेलाडीको रुपमा नाम दर्ता गराए ।

पीएसएलमा मुल्तान सुल्तान्सका लागि सात खेल खेलेका उस्मान दोस्रो सर्वाधिक स्कोरर बने । यस अवधिमा उनले दुई शतक पनि बनाए ।

उनले केही समयअघि क्रिकइन्फोसँगको अन्तर्वार्तामा पाकिस्तानबाट खेल्ने इच्छा व्यक्त गरेका थिए । अब जब उनलाई सम्पूर्ण टोलीसहित प्रशिक्षण शिविरमा बोलाइएको थियो, उनले स्वीकार गरेका छन् ।