२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयरल्यान्ड ‘ए’ ले एक खेल अगावै जित्यो सिरिज, नेपाल ‘ए’ ११४ रनले पराजित



अ+ अ-

काठमाडौँ । दोस्रो एकदिवसीय खेलमा आयरल्यान्ड ए सँग नेपाल ए ले नमिठो हार ब्यहोरेको छ । कीर्तिपुरस्थित टियु मैदानमा भर्खरै सम्पन्न खेलमा नेपाल ११४ रनले पराजित भएको हो ।

योसँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जित्न सफल भएको छ ।

१७५ रनको लक्ष्य पछ्याएको नेपाल ए १६.५ ओभरमा ६० रनमै अलआउट भयो । नेपालका भीम सार्कीले सर्वाधिक १७ रन बनाए । विनोद भण्डारीले १६ रन जोडे । नेपालका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आयरल्यान्डका म्याथ्यु हम्फ्रेजले ६ विकेट लिए । थोमस मेयर्स र फिन ह्यान्डले २–२ सफलता हात पारे । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ३८.४ ओभरमा १७४ रनमा अलआउट भएको थियो ।

आयरल्यान्डका गाभिन होईले ५९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए । कप्तान निल रकले ४५ रन जोड्दा लियाम म्याकार्थीले ३५ रन जोडे । पिटर मुर १७ रनमा आउट भए ।

बलिङतर्फ नेपालका साहब आलम र रिजन ढकालले ३–३ विकेट लिए । यस्तै, मौसम ढकालले २ तथा कमलसिंह ऐरीले १ विकेट लिए ।