३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

रासायनिक मल समयमा उपलब्ध गराउन सरकारलाई प्रमुख सचेतक बर्तौलाको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले खेतीको समयमा किसानलाई रासायनिक मलको सहज उपलब्धताका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै  प्रमुख सचेतक बर्तौलाले किसानहरुले लामो समयदेखि दुध भुक्तानीको रकम नपाएको भन्दै तत्काल उपलब्ध गराउन माग गर्नुभयो ।

उहाँले देशभर करिव ५ अर्ब भन्दाबढी दुधको मूल्य भुक्तानी सरकारले गर्नुपर्नेमा मकवानपुर जिल्लाका किसानहरुलाई मात्रै करिव ६० करोड रहेको बताउनु भयो । उहाँल नेपाल कृषिप्रधान देश भएकाले कृषिमा किसानहरुलाई राहत पुग्नेगरी बजेट निर्माण गर्ने प्रक्रियामा ध्यान जान आवश्यक रहेको बताउनु भयो ।

उहाँले किसानको दुधको मूल्य तत्काल भुक्तानी हुने कुरामा कृषिमन्त्रीले पहल कदमी लिन आग्रह गर्नुभयो । उहाँले खेतीपातिको समय शुरु भएको भन्दै किसानहरुले रासायनिक मल सहजता रुपमा उपलब्ध गराउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो,‘किसानहरुले लामो समयदेखि दुधको मूल्य पाएका छैनन् । देशभर करिव ५ अर्ब भन्दाबढी दुधको मूल्य भुक्तानी गर्नुपर्ने छ । मकवानपुर जिल्लाका किसानहरुलाई मात्रै करिव ६० करोड छ । कृषि मन्त्रीज्युको ध्यानाकर्षण गराउन चाहन्छु । नेपाल कृषि प्रधान देश हो । सरकारले बजेट बनाउँदै छ । कृषिमा किसानहरुलाई राहत पुग्नेगरी बजेट निर्माण गर्ने प्रक्रियामा ध्यान पुगोस् । किसानको दुधको मूल्य तत्काल भुक्तानी हुने कुरामा कृषिमन्त्रीले पहल कदमी लिनुहोस् । माग गर्नु चाहन्छु । साथै खेतीपातिको समय शुरु भएको छ । किसानहरुले रासायनिक मल पाउने कुरामा सहजता भएको छैन । विचौलिया हाबी भइरहेका छन् । रासायनिक मल किसानहरुले सहज रुपमा पाउने व्यवस्था गरियोस् ।’