१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशल भुर्तेल र आसिफ शेखको अर्धशतकमा नेपालले गुजरातलाई दियो १८२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । भारतको गुजरातमा जारी त्रिकोणत्मक मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले गुजरातलाई १८२ रनको लक्ष्य दिएको छ ।

भापीमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८१ रन जोड्यो ।

नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । भुर्तेलले ४४ बलमा ६७ रन जोड्दा शेखले ५१ बलमा ८५ रनको योगदान दिए ।

यी दुई बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

रोहित पौडेलले ३, सन्दीप जोराले २, कुशल मल्लले १, गुलशन झाले ४, अनिल शाह शून्य रनमा आउट हुँदा विवेक यादव ७ र प्रतिश जिसि ४ रनमा नटआउट रहे ।

बलिङतर्फ गुजरातका जयमित पटेलले ३ तथा आर्या देशाई र ध्रुशान्त सोनीले २–२ विकेट लिए ।